Tuesday, June 7, 2011

माओवादीद्वारा सडकमा भोज

आश गुरुङ 'प्रतीक'
लमजुङ, पुस ६ गते ।
आम हड्तालको दोश्रो दिन एकीकृत नेकपा माओवादीले लमजुङको सिउँडीवारमा आज सामुहिक भोजको आयोजना गरेको छ ।

आन्दोलनको थप आकर्षा र उर्जा प्रदान गर्न भन्दै आयोजना गरेको सडक भोजमा माओवादीले सडकको बीच भागमा आगो फुकेर खाना पाकाई सडकमै वसेर सामुहिक रुपमा खाना खाएका थिए ।

आम हड्तालको देास्रो दिन पनि लमजुङमा यातायात, शिक्षणसंस्था, बजार, वित्तिय संस्था बन्द रहेका छन । माओवादी कार्यक्रर्ताले सदरमुकाम बेसीशहरको चोक-चोकमा बसेर धर्ना दिइरहेका छन । त्यस्तै भकुण्डे, उदिपुर, सुन्दरबजार, खुदी, भोर्लेटार बजार लगाएका स्थानमा पनि माओबादीले सडकमा धर्ना दिइ यातायात अबरुद्ध पारेका छन । लमजुङमा कुनै अप्रिय घटना नघटे पनि बन्दले जनजिवन अस्तव्यस्त बनेको छ ।






Posted on:December 21, 2009, 7:49 am

No comments:

Post a Comment