Tuesday, June 7, 2011

भित्ते पत्रिका लेखन तालिम

आश गुरुङ 'प्रतीक'
लमजुङ, पुस ५ गते ।
पूर्वी लमजुङको धमिलिकुवा गाउँ विकास समिति वडा नम्बर २, गरमवेसीमा आधारभूति भित्ते पत्रिका लेखन संवन्धित तालिम सम्पन्न भएको छ ।

वालवालिकालाई भित्ते पत्रिका लेखन/प्रकाशन तथा वालवालिकाहरुको प्रतिभा उजागर गर्न तालिमको आयोजना गरिएको हो ।
हेफर र्इन्टरनेश्नल नेपालको सहयोग र चेस नेपालको आयोजनामा भएको तालिममा १८ जना बालवालिकाहरुले सहभागिता जनाएका थिए ।
तालिममा पत्रकार आश गुरुङ 'प्रतीक' र चेस नेपालकी सहजकर्ता सम्झना चिलुवालले वालवालिकालाई प्रशिक्षण दिनुभएको थियो ।
तालिमपछि वालवालिकाले नमुना भित्ते पत्रिका समेत प्रकाशित गरेका थिए । उनीहरुलाई प्रशिक्षकद्वयलाई कलम उपहार समेत दिएका थिए ।




Posted on:December 20, 2009, 1:53 am

No comments:

Post a Comment