Sunday, June 19, 2011

अन्नपर्ूण्ा छोटिएपछि नयाँ पदमार्गको पहिचान

आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com
लमजुङ, भदौ ५ गते ।
नेपालमा पदयात्राको लागि आउने पर्यटकलाई आकषिर्त गर्न अन्नपर्ूण्ा संरक्षण क्षेत्र भित्र नयाँ पदयात्रा मार्गको पहिचान गरिएको छ ।
निर्माणाधिन वेसीशहर-चामे सडकका कारण अन्नपर्ुण्ा पदयात्र मार्ग छोटिँदै गएपछि लमजुङ, कास्की र मनाङ जिल्लालाई जोडिने गरि नयाँ पदमार्गको खोजी गरिएको हो ।

कास्की र लमजुङका गाउँहरुलाई पर्यटकीय नगरी पोखरासंग जोड्ने गरी अन्नपर्ूण्ा संरक्षण क्षेत्र आयोजना एक्यापले नयाँ पदयात्रा मार्ग पहिचान गरेको एक्यापका प्रमुख लाल प्रसाद गुरुङले जानकारी दिएकाछन् । र् पर्यटकको संख्या बढेपनि अनुपात भने घट्दै गएकाले उनीहरुलाई आकषिर्त गर्न नयाँ मार्ग आवश्यक भएको उनको भनाई छ । पैदलयात्रा मार्गको पहिचान मात्रै हैन यस क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नुका साथै नयाँ पर्यटकीय गन्तब्यको खोजीमा समेत एक्याप लागेको उनले वताए । भ्रमण वर्ष२०११ लाई लक्षित गरेर काम गरिरहेको एक्यापको दावी छ ।

कतिपय स्थानमा त नयाँ पदमार्ग पत्ता लगाई पर्यटकीय पथ पर््रदर्शक सूचना राख्ने काम भईरहेको र्साईन पोष्टि समेत भईरहेको एक्यापले जनाएको छ ।
लमजुङ सदरमुकाम वेसीशहरदेखि घलेगाउ, घनपोखरा, थर्ुर्जु, दुधपोखरी, नामुनभञ्ज्या पास, मनाङको तिमाङ, चामेसम्म उत्कृष्ट अन्नपर्ुण्ा पदमार्गको नयाँ बैकल्पिक पदमार्गको रुपमा विकास गर्ने काम भईरहेको एक्यापले जनाएको छ । यो मार्ग अन्तरगत घलेगाउँ, घनपोखरा, भुजुङ, सिउरुङ, पसगाउँ लगायतका ग्रामीण क्षेत्रलाई ग्रामीण पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने काम भईरहेको छ ।
यसका साथै लमजुङको भुजुङ देखि कास्कीको ताङतिङ भएर पोखरा पुग्ने पदमार्ग, भुजुङदेखि दुधपोखरी पुगेर सिक्लेस भएर पोखरा पुग्ने नयाँ पर्यटकीय मार्गको पहिचान भैसकेको एक्यापका संचार अधिकृत देवेन्द्र थापाले जानकारी दिए ।

लमजुङको वेशीसहरदेखि घलेगाउँ, पसगाउँ, कास्कीको थम्सीकोट हुँदै पोखराको बेगनासताल सम्मको ग्रामीण पर्यटकीय पदमार्ग पनि संचालनको तयारीमा रहेको छ । यो मार्ग पार गर्न एक हप्तादेखि १० दिन लाग्ने छ । एक्यापकोर् इलाका संरक्षण कार्यालय भुजुङले घलेगाउँदेखि पसगाउँको बगैँचासम्म र्साईनपोष्ट गरिसकेको भुजुङका प्रमुख विदुरविक्रम कुइँकेलले वताए । त्यस्तै वेसीशहर, ताघ्रिङ, बाहुनडाँडा स्याँगेदेखि, छापडाँडा सिउरुङ, जिम्दू, घोप्टे घनपोखरा-घलेगाउँ पदयात्रामार्गमा पनि र्साईनपोष्टिङ भईरहेको छ । यसैगरि वेसीशहर-भुलभुले-ङादी-बाहुनडाँडा-घर्ेर्मु-घोप्टे-घनपोखरा-बाग्लुपानी-घलेगाउँ-भुजुङ-हुँदै पसगाउँ सम्मको पदमार्गको पनि प्रशस्त संभावना रहेको एक्यापले जनाएको छ ।
दूधपोखरीलाई पर्यटकीय विकास गर्ने उद्देश्यले लमजुङको भुजुङवाट दूधपोखरी सम्मको क्षेत्रलाई उच्च हिमालय पर्यार्-पर्यटकीय मार्गको रुपमा विकास गर्ने काम भईरहेको एक्यापले जनाएको छ ।


Posted on:August 21, 2010, 5:50 am

No comments:

Post a Comment