Sunday, June 19, 2011

छैंटौं दुधपोखरी महोत्सव शुरु

आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com
लमजुङ, भदौ ७ गते ।
हिमालको फेदमा रहेको लमजुङ, मनाङ र कास्कीको सिमानामा पर्ने ऐतिहासिक, धार्मिक एवं पर्यटकीयस्थल दूधपोखरीमा आजदेखि छैटौँ दूधपोखरी महोत्सव शुरु भएको छ ।
दूधपोखरीमा आन्तरिक एवं बाहृय पर्यटक भित्र्याउने र दूधपोखरीको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव अन्तरगत दूधपोखरीमा विहानैदेखि सयौँको संख्यामा तर्ीथालुहरुको भीड लागेको छ । उनीहरुले दूधपोखरीमा नुहाउँदै बत्ती चढाउने र बगाउने गरिरहेकाछन् ।

समुन्द्री सतहदेखि ५ हजार ३ सय मीटरको उचाईमा रहेको दूधपोखरीमा आयोजना गरिएको महोत्सवको नारा 'हिमाली भेकको वन्य जीवजन्तु र पंक्षीहरु बचाऔँँ, वन वनस्पती र जडीवुटीहरुको संरक्षण गरौँँ' भन्ने छ । आज र भोलि दूधपोखरीको प्रवेशद्धार थर्ुर्जुमा औपचारिक कार्यक्रमका साथ आयोजना गरिने महोत्सवमा भेडाको साँढे जुधाई, डोरी तान्ने, छेलो हान्ने, स्थानीय साँस्कृतिक नृत्य, सारङ्गी नृत्य र मनाङ, लमजुङ र कास्केलीबीच दोहोरी प्रतियोगिता, स्थानिय उनीबाट उत्पादित सामाग्री तथा जडीबुटी पर््रदर्शन लगायत प्रतियोगितात्मक कार्यक्रमहरु गरिने आयोजक अन्नपर्ुण्ा ग्रामिण विकास समितिले जनाएको छ ।

लमजुङ सदरमुकाम बेसीसहरबाट मुस्किलले ३ दिनको पैदल यात्रापछि पुगिने दूधपोखरीमा नुहाएमा मनको आकांक्षा पुरा हुने र पवित्र हुने विश्वास गरिन्छ । दूधपोखरीमा हरेक वर्षजनैपूणिर्माको अवसर पारेर मेला लाग्दै आएको छ ।
त्यस्तै, लमजुङ र गोरखाको सिमानामा रहेको दूधपोखरीमा पनि आजदेखि मेला लागेको छ । समुन्द्री सतह देखि झण्डै ५ हजार मिटर उचाईमास्थित मनास्लु हिमालको काखमा रहेको दूधपोखरीमा सयौँको संख्यामा नुहाउनेहरुको भीड लागेको छ । लमजुङ र गोरखाको सिमानामा रहेको दूधपोखरी जान वेसीशहरवाट ४ दिनको पैदलयात्रा तय गर्नुपर्छ ।
Dudh-Pokhari-Mahotsav
Dudh-Pokhari-Mahotsav
Dudh-Pokhari-Mahotsav
Dudh-Pokhari-Mahotsav
Dudh-Pokhari-Mahotsav
Dudh-Pokhari-Mahotsav
Dudh-Pokhari-Mahotsav
Dudh-Pokhari-Mahotsav


Posted on:August 23, 2010, 5:28 am

No comments:

Post a Comment