Sunday, June 19, 2011

लमजुङमा जडिबुटि खेति विस्तार

आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com
लमजुङ, भदौ २ गते ।
जडीवुटी खेतीको प्रचुर संभावना रहेको लमजुङमा पछिल्लो पटक आठवटा गाविसले ब्यवसायिक जडिबुटी खेती थालेका छन् ।
पहिलो चरण अन्तरगत कोल्की, इलमपोखरी, गौडा, प्यारजुङ, भुलभुले, घर्ेर्मु, बहानुडाडा र भुजुङ गरि ८ गाविसका किसानहरुले जडिवुटी खेति थालेको हो । उनीहरुले स्थानीय स्तरमा उपलब्ध अलैंची र अम्रिसो लगायतका जडिबुटी लगाएकाछन् ।
जडिवुटी पर््रवर्द्धन समितिले छनौट गरेका १३ गाविसमध्ये भोजे ताघ्रिङ, भूलभूले, घनपोखरा र उत्तरकन्या गाविसपनि जटिबुटी खेतीको तयारीमा जुटेको छ ।

जडिबुटी खेतीलाई प्रभावकारी वनाउन ती गाविसहरुमा २ चरणको तालिम उपलब्ध गर्राई सहभागीहरु संग प्रस्तावनाको माग गरिएको थियो । मागको प्रस्तावना अनुसार हाल जडीवुटी खेती विस्तारको लागि डावर कम्पनी लिमिटेड बाट ३७ हजार चिराइतो र कुरिलोका विरुवा खरिद गरिएको छ ।

लमजुङ उद्योग वाणिज्य संघको पहलमा जिल्ल्ाा विकास समिति, जिल्ल्ाा वन कार्यालय, जिल्ल्ाा भूसंरक्षण कार्यालय लगायत र सम्बन्धित संघ संस्थाको समन्वयमा स्थानीयवासिन्दाले सामुहिक जडिबुटी खेती थालेका हुन् । जडिबुटी खेतीका लागि जिल्ला विकास समिति लमजुङले ३ लाख ३० हजार अनुदान उपलब्ध गराएको छ ।

जडीवुटी खेतीतर्फकृषकहरुलाई प्रोत्साहन गरि जडीवुटी खेती विस्तारको लागि कार्यक्रम संचालन गरिएको समितिले जनाएको छ ।
Elachi-farming-in-Lamjung

Elachi-farming-in-Lamjung

Posted on:August 19, 2010, 12:03 am

No comments:

Post a Comment