Sunday, June 19, 2011

सुपरभाईजरद्वारा महिला विकासमा तालबान्दी

आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com
लमजुङ, साउन ४ गते ।
महिला विकास कार्यालय लमजुङका सुपरभाईजर सोविता पन्तले आज मंगलवार दिउँसो आफ्नै कार्यालयमा तालाबन्दी गरेकीछन् ।
महिला विकास अधिकृत विद्या भट्टचन लगायतका कर्मचारीलाई बाहिर निस्कन लगाई एक्लैले तालाबन्दी गरेकीहुन् ।
अस्थायी कर्मचारीलाई हाजिर नगराउन महिला विभागले दिएको निर्देशनको विरोध, अस्थायी कर्मचारी स्थायी हुनुपर्ने र अस्थायी कर्मचारीलाई निरन्तरताको माग राख्दै कार्यालयमा तालाबन्दी गरेको पन्तले वताईन् । तालाबन्दी गर्नका लागि सहयोग गरिदिन विहानैदेखि आग्रह गर्दा पनि मविअ भट्टचनले कार्यकक्ष नछोडेका कारण ढिलागरि तालाबन्दी गरेको सुपरभाईजर पन्तको भनाई छ ।

महिला विकास अधिकृत भट्टचनले तोकिएको मितिभन्दा फरक मितिमा तालाबन्दी गरेकाले आपत्ती जनाईन् । तालाबन्दीपछि उनले मोवाईलमार्फ प्रमुख जिल्ला अधिकारीलाई तालाबन्दी गरेको वारेमा जानकारी गराएकी थिईन् ।

१३ जनाको दरबन्दी रहेको महिला विकास कार्यालय लमजुङमा सुपरभाइजर सोविता पन्तमात्रै अस्थायी कर्मचारी हुन् ।

तस्वीरमा : महिला विकास अधिकृत विद्या भट्टचनको कार्यकक्षमा तालाबन्दी गर्दै सुपरभाईजर सोविता पन्त ।
तस्वीरः आश गुरुङ 'प्रतीक'





Posted on:July 20, 2010, 10:01 pm

No comments:

Post a Comment