Sunday, June 19, 2011

ठेकेदार खसेको भीरमा सडक निर्माण बन्द

आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com
लमजुङ, साउन १० गते ।
निर्माणाधिन वेसीशहर चामे सडकको च्याम्चे छहरेभीर वरपर कडा चट्टानमा सडक निर्माण कार्य बन्द गरिएको छ ।
सडक निर्माणका लागि आवश्यक सवै पर्ूवाधार रहेपनि अविरल वषर्ाका कारण बम पड्काईएका ठाउँवाट ढुंगा र पहिरो खसिरहेकाले असुरक्षाका कारण देखाउँदै सो क्षेत्रमा सडक निर्माण कार्य बन्द गरिएको हो ।
वषर्ातका बेला निर्माण गरिएको सडक वरपर राखिएको ढुंगामा टेकेका कारण भीरवाट खसेर असार अन्तिम साता एक सहायक ठेकेदारको मृत्यू भएको थियो ।

बषर्ातका बेला चट्टानयुक्त ठाउँमा सडक निर्माण गर्दा बढी जोखिम मोल्नुपर्ने भएकाले भदौ मसान्त सम्मका लागि ताघ्रिङ गाविस १, च्याम्चे नजिकैको भीरमा सडक निर्माण गर्न रोक लगाईएको सडक निर्माण कार्यदल गणका प्रमुख सेनानी विनोदजंग राणाले जानकारी दिए । अन्य ठाउँमा सडक निर्माणकार्य दु्रत गतिमा भईरहेको कार्यदल गणले जनाएको छ ।

सडक निर्माणस्थल मौसम अनुसार उपयुक्त नभएपछि सडकको छेउमा राखिएको ढुंगामा टेक्दा पल्टिएर सडक निर्माणमा खटिएका सहायक ठेकेदार राजेश सापकोटको मृत्यू भएको थियो । बम र डोजर प्रयोग गरेर निर्माण गरिएका सडकहरु बषर्ातका बेला खतरापर्ूण्ा मानिन्छ ।
त्यस्तै बम ब्लाष्ट भएपछि खल्बलिएको ढुंगाले लागेर गत चैत अन्तिम साता सिन्धुपाल्चोक जिल्ला घर भई वेसीशहर-चामे सडक निर्माणका लागि खटिएका मजदुर दीपक तामाङको पनि मृत्यू भएको थियो ।

प्राप्त जानकारी अनुसार मनाङको धारापानी क्षेत्र र च्याम्चेको नरम चट्टानीय क्षेत्रमा झण्डै दर्ुइसय जना मजदुरले यो समय सडक निर्माण गरिरहेकाछन् । बर्खाका समय खेतीपातीका लागि आफ्नो घर गएका मजदुरहरु पनि फर्केका छैनन् ।

ताघ्रिङ गाविस १, च्याम्चे नजिकैको छहरेभीरमा काम गर्दै वेसीशहर चामे सडकका मजदुरहरु । अहिले यो भीरमा असुरक्षाको कारण देखाउँदै सडक निर्माण गर्न रोक लगाईएको छ ।

फाईल तस्वीरः आश गुरुङ 'प्रतीक'


Posted on:July 26, 2010, 4:24 am

No comments:

Post a Comment