Monday, June 13, 2011

अबैध जडिबुटी बरामद, दर्ुइ ब्यक्ति नियन्त्रणमा

आश गुरुङ 'प्रतीक',
लमजुङ, बैशाख २८ गते ।
उत्तरी लमजुङवाट सदरमुकाम वेसीशहरतर्फअबैध रुपमा ल्याइँदै गरेको सतुवालाई वेसीशहरस्थित त्रिवेणी युवा क्लबका युवाहरुले बरामद गरि जिल्ला बन कार्यालयलाई बुझाएको छ ।

ताघ्रिङ गाविसको शीरचौरवाट वेसीशहरतर्फआज दिउँसो ल्याइँदै गरेको दर्ुइसय किलो सतुवासहित दर्ुइ ब्यक्तिलाई नियन्त्रणमा लिई युवाहरुले बन कार्यालयमा बुझाएको हो ।
बाँझाखेत गाविस ४ साँधुका जसबहादुर तामाङ र सिन्धुपाल्चोकका नरबहादुर श्रेष्ठले पर््राईवेट जीपमा सतुवा भरेर ल्याउँदै गर्दा युवाहरुले गोप्य सूचनाको आधारमा उनीहरुलाई नियन्त्रणमा लिएका थिए । तामाङ र श्रेष्ठले भने स्थानीय बिर्खबहादुर गुरुङसंग किनेर ल्याएको वताएकाछन् ।

जिल्ला बन कार्यालयले पर्ूर्जीविनाको जंगलमा गएर अबैध रुपमा जडिबुटी संकलन गरेको भन्दै उनीहरुलाई कानुन बमोजिम कार्वाही गरिने जनाएको छ । लमजुङका उच्च पहाडी भेगको २५ सय मीटरदेखि ३५ सय मीटरको सम्मको ओसिलो तथा चिसो ठाउँमा पाईने सतुवाको बजारी मुल्य सुकेको ८ सय रुपैँया प्रति केजी पर्दछ ।

लोपुन्मुख जडिबुटी अन्तरगत पर्ने सतुवा शक्तिबर्द्धक र पेट संवन्धि रोगहरुको औषधीको रुपमा प्रयोग हुन्छ ।
जिल्ला बन कार्यालयले बैशाखको पहिलो साता जसबहादुर तामाङलाई भुलभुले, ढोडेनी, फलेनी र बन्सार साथै विर्खबहादुर गुरुङलाई भुलभुले, घर्ेर्मू र बाहुनडाँडाकालागि सतुवा संकलनको पर्ूर्जी दिएको थियो । सतुवाको प्रतिकिलो १० रुपैँया सरकारले राजस्व लिने गरेको छ ।







Posted on:May 11, 2010, 2:27 am

No comments:

Post a Comment