Monday, June 13, 2011

मह काढ्न घरैपिच्छे भीरतिर

आश गुरुङ 'प्रतीक',
lamjungnews@gmail.com
लमजुङ, बैशाख ३० गते ।
लमजुङको पर्यटकीय गाउँ भुजुङका वासिन्दा यतिवेला आफ्नै जंगलको भीरुमा मह शिकार गरिरहेकाछन् । वर्षा २ देखि ३ पटक सम्म मह काढ्ने गरेका स्थानीयवासिन्दालाई मह काढ्ने उत्सव नै लागेको छ ।
सामुहिक कार्यमा उदाहरणीय प्रस्तुत गर्दै आएका भुजुङका वासिन्दा यसपटकको भीरमह काढ्न पनि कोही तितरवितर भएनन्, एकजुट भएकाछन् ।

ब्यक्तिगतदेखि सामुहिक कामका लागि एकजुट हुने स्थानीयवासि भीर मह काढ्न सामुहिक रुपमा उत्तरी जंगलतर्फमिदिम खोलाको तिरैतिर लागेका थिए । प्रत्येकले आफ्नो बन्दोवस्तीका सामान ओड्नेओछ्याउनेदेखि लिएर पकाउने, खाने र पानी भर्ने भाँडासमेत डोकोमा हालेर लगेकाछन् ।

गाउँवाट झण्टै दर्ुइ दिन लाग्ने थ्हाऊ कोइ्रो लगायतका भीरमा मह काढ्न भुजुङ गाविस वडा नम्बर ७ र ८ का घरैपिच्छे एक/एक जना भीरमह काढ्न गएका हुन् । गाउँवाट विहान झिसमिसेमै एकजुट भएर गएका झण्डै एकसय २० जना स्थानीयवासिन्दा राती ८/९ बजे थ्हाऊ क्षेत्रमा पुग्नेछन् । गाउँकै मिदिम नदीको तीरमा पर्ने महभीरमा जान निकै अप्ठ्यारो परेकाले जो कोही जान सक्दैनन् । आसिलो, चिसो र कन्दरा भएकाले घरका तन्नेरी अर्थात भीरमहको वारेमा बुझ्नेहरु खासगरि मह काढ्न गाएकाछन् । भीरमहलाई भुजुङ गाउँका वासिन्दाले वाषिर्क २ देखि ३ पटक सम्म सामुहिक रुपमा वडावडा बाँडेर काढ्दै आएकाछन् ।

ज्यानकै बाजी राखेर छंगाछुर भीरमा डोरीको सहायताबाट मह काढ्ने कार्यक्रमलाई स्थानीयवासिन्दाले उत्सवकै रुपमा लिने गरेको महशिकारी पर्ूण्ाबहादुर गुरुङले वताए । मौरीले भीरको ढुङ्गामा बनाईएको चाक्लालाई अत्यान्तै अप्ठ्यारोपर्ूवक झिकेर प्रशोधन गरि उपयोगमा ल्याईने भीरमह यौनबर्द्धक, शक्तिबर्द्धक, हाडजोर्ने लगायतका रोगीहरुका लागि अचुक औषधिको रुपमा लिईन्छ ।

लमजुङको ताघ्रिङस्थित म्रि्रा र घनपोखराको भीरमा मह शिकार गर्दै स्थानीयवासिन्दा ।
फाईल तस्वीरः आश गुरुङ 'प्रतीक'
honey hunting in Lamjung
honey hunting in Lamjung

Posted on:May 14, 2010, 10:49 pm

No comments:

Post a Comment