Tuesday, June 7, 2011

१८ औ त्रिवेणी कप नखीपोट र कालिका सेमिफाइनलमा

आश गुरुङ 'प्रतीक'
trivini cup


trivini cup


लमजुङ, पुस १७ गते । पहिलो हाफको २२ मिनेटमा मिलन र्राईले गरेको गोलको मद्दतवाट नखीपोट युथ क्लब ललितपुर लमजुङ सदरमुकाम वेसीशहरमा जारी १८ औँ त्रिवेणी कप फुटवल प्रतियोगिताको सेमीफाईनलमा प्रवेश गरेको छ ।

आयोजक त्रिवेणी युवा क्लब 'ए' लाई मुस्किलले टर््राईब्रेकरमा जितेर क्वाटरफाईनमा प्रवेश गरेको बेसीशहर यथ सोर्साईटी 'ए'ले कडा प्रयास गरेपनि नखीपोट ललितपुरसामु कुनै गोल गर्न सकेन ।

यसैगरि, बीवाईसी भोटेओडारलाई कडा परिश्रमपछि पछि पार्दै क्वाटरफाईनलमा प्रवेश गरेको मर्स्याङ्दी युवा क्बल 'ए' कालिका म्याजिक मार्वल तिलिचो मनाङसंग टर््राईब्रेकरमा हार्‍यो । कालिकाका चन्द्र रानामगरले पहिलो हाफको ३१ मिनेटमा गरेको गोललाई दोस्रो हाफको ३० मिनेटमा अमर पुनले फर्काएपनि मर्स्याङ्दीले ५-४ को समाना गर्नुपर्‍यो ।

आज नै भएको प्रि-क्वाटर फाइनल खेलमा अल स्टार क्लब आँबुखैरेनीलाई १ को बिरुद्ध ३ गोल गरि समाज कल्याण खेलकुद केन्द्र काठमाण्डौले क्वाटर फाइनलका लागि आफ्नो बाटो तताएको छ । तस्विरमा १, गोल प्रयास गर्दै मनाङका खेलाडी । २, प्रतिरक्षा गर्दै बल अगाडी बढाउने क्रमम लमजुङ मरर्स्याङ्दी खेलाडी ।
Posted on:January 2, 2010, 10:37 pm

No comments:

Post a Comment