Tuesday, June 7, 2011

मानव अधिकार उल्लंघनका घटनामा कमी आएन

आश गुरुङ 'प्रतीक'
लमजुङ, पुस १४ गते ।
लमजुङमा गतवर्षो तुलानामा यसवर्षमानव अधिकार उल्लंघनका घटनामा कमी आउन सकेको छैन ।
गतवर्ष२३ वटा घटना घटेकोमा यसवर्ष२२ वटा घटाना घटेको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले जनाएको छ ।

इन्सेक वर्षपुस्तक २०१० प्रकाशन पूर्व आज मंगलवार आयोजना गरिएको समीक्षा कार्यक्रममा राजनीतिक दलहरुवाट बढीमात्रामा घटना हुने गरेकाले संवेन्दलशील हुन इन्सेक, मानवअधिकारवादी संघसंस्था लगायत नागरिक समाजले आग्रह गरेको छ ।

यसवर्ष२२ वटा घटना घटेकोमा राज्यवाट कुनैपनि घटना घटेको छैन । गतवर्षराज्यवाट एउटा घटना घटेको थियो । एकीकृत नेकपा माओवादीका तर्फाट यसवर्ष९ वटा घटना घटेकोमा १३ जना पीडित भएकाछन् भने गतवर्षमाओवादी र वाईसीएलका तर्फाट ८ घटना घर्टाईएकोमा ११ जना पीडित भएका थिए । गत वर्षमाओवादी र एमाले कार्यकर्ताबीच दोहोरो भीडन्त हुँदा दुवैपक्षका ९/९ जना गरि १८ जना र्घाईते भएका थिए ।


यसवर्षयुथ फोर्सवाट घर्टाईएको एउटा घटनामा ५ जना पीडित भएकाछन् । नेपाली कांग्रेसवाट ३ घटना घर्टाईएकोमा तीनजना पीडित भएकाछन् । त्यस्तै, बलात्कारको घटना १, घरेलु हिंसाका २, आर्थिक अधिकारका २ र वालअधिकार हनन् संवन्धि एउटा घटना यसवर्षघटेको इन्सेक लमजुङका प्रतिनिधि कृष्ण प्रसाद अधिकारीले जानकारी दिनुभएको छ ।

गतवर्षनेपाली कांग्रेसवाट ४ वटा घटना घटेकोमा छ जना पीडित भएका थिए भने नेकपा एमालेवाट ३ घटना घर्टाईएकोमा चारजना पीडित बनेका थिए । गतवर्षजातीय विभेद लगायत गरि, धम्की, गालीबेर्इज्याती लगायतका गरि घटनाको संख्या २३ पुगेको थियो ।


वर्षपुस्तक समीक्षा कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम लामिछाने मानव अधिकार उल्लंघटनका घटना राजनीतिक दलवाट बढी हुने गरेकाले गम्भीर हुन आग्रह गर्नुभयो । एकीकृत नेकपा माओवादीका सचिवालय सदस्य राजु थापाले मानव अधिकार उल्लंघटनका घटनाको अनुगमन स्वतन्त्र रुपमा गरिदिन इन्सेकसंग आग्रह गर्नुभयो । नेपाली कांग्रेसका सचिव अर्जुन पराजुलीले सवै घटनालाई राजनीतिकरण गर्न नहुने धारणा राख्नुभयो । नेकपा एमालेका उपाध्यक्ष गुमानसिंह अर्यालले अदालतले दोषी प्रमाणित नगर्दासम्म ब्यक्तिको नाममा किटानी जाहेरी पर्दैमा दोषी नठहरिने भन्दै त्यस्ता घटनालाई वर्षुस्तकमा समावेस गर्न नहुने तर्क राख्नुभयो ।


कार्यक्रममा नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष किसान 'संगीत' नेपाली, जिल्ला विकास समितिका योजना अधिकृत देवबहादुर अधिकारी, महिला विकास कार्यालयका निमित्त प्रमुख सोविता पन्त, बार्रर् इकाईका अध्यक्ष यज्ञ पौडेल, बाल अधिकार अधिकृत नवीनचन्द्र घिमिरे, गैरसरकारी संस्था महासंघ लमजुङका अध्यक्ष राजेन्द्र बोहोरा लगायतले आगामी वर्षा मानवअधिकारका घटनामा अझ कमी आउने आशा ब्यक्त गर्दै वर्षपुस्तकमा आर्थिक अधिकार तथा घरेलु हिंसा संवन्धि घटनाहरु पनि उल्लेख गर्नुपर्ने सुझाव दिएका थिए ।

Posted on:December 29, 2009, 10:00 am

No comments:

Post a Comment