Tuesday, June 7, 2011

अठारौं त्रिवेणी कपको उपाधी समाजकल्याणलाई

आश गुरुङ 'प्रतिक'










लमजुङ पुस २० गते । अठारौं त्रिवेणी कप राष्ट्रव्यापी खुल्ला फुटवल प्रतियोगिताको उपाधी समाज कल्याण खेलकुँद केन्द्र नयँँाबजार, काठमाण्डौले हात पारेको छ । लमजुङ सदरमुकाम बेसीसहरमा भएको फाइनल खेलमा नक्खीपोट युवा क्लब ललितपुरलाई ट्राइबेकरमा ८-७ को गोलअन्तरले हराउँदै समाजकल्याणले उपाधी हात पार्‍यो भने नक्खीपोट सहविजेतामै चित्त बुझाउन बाध्य भयो ।

जितसँगै समाजकल्याणले त्रिवेणीकप,पचासहजार नगद, स्वर्ण्र्ााक र प्रमाणपत्र पायो भने सहविजेता नक्खीपोटले नगद तीस हजार, रजतपदक र प्रमाण पायो ।

कडा प्रतिस्पर्धा रहेको उक्त खेलमा पहिलो हापसम्म दुवै पक्षबाट गोल हुन सकेन् । ६३ औं मिनेटमा समाजकल्याणका कामारामामा दुवाले पहिलो गोल गरेपनि ८० औं मिनेटमा नक्खीपोटका श्रीमान गुरुङले गोल फर्काउन सफल भए । निर्धारित समयमा बराबरी भएको खेल अतिरिक्त समयमा पनि उस्तै रह्यो । ट्राइबेकरमा पनि बराबरी भैरहेको उक्त खेलमा समाजकल्याणका गोलक्पिर एवं टिमलिडर शैलेश कर्माचार्यको गोल नै निर्ण्ाायक गोल सावित भएको थियो ।

यसैगरी तृतिय स्थानका लागि भएको खेलमा कालिका म्याजिक मार्वल तिलिचे मनाङ खेलकुँद विकास समिति मनाङलाई ६-४ को अन्तरले हराउँदै तेस्रो स्थान जित्न सफल भयो ।

म्याजिक मार्वल तिलिचेका राज पौडेलले ८ गोल गरी र्सवाधिक गोलकर्ता र नक्खीपोटका श्रीमान गुरुङ सर्वोत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट टिम सुन्दरबजार फुटबल क्लब बन्यो । उत्कृष्ट खेलाडी र र्सवाधिक गोलकर्ताले नगद पाँच हजार र प्रमाण पत्र प्राप्त गरे भने उत्कृष्ट टिमले प्रमाणपत्र र ट्रफी पायो ।

Posted on:January 4, 2010, 7:32 am

No comments:

Post a Comment