Thursday, June 9, 2011

घलेगाउँमा भ्यालेन्र्टाईनस् डे'

आश गुरुङ 'प्रतीक', तस्वीरः लेखक

/लमजुङ काठमाडौँका प्रवेश गुरुङ र लमजुङकी संगीता गुरुङ धेरै मिल्ने साथी । क्याम्पस पढ्दाको समय भेट भएदेखि उनीहरुले एकआर्कालाई कहिल्यै छड्के नजरले हेरेनन् । दर्ुइ बर्षो साथीत्वको दौडानमा एकआर्कालाई गलत पनि सम्झेनन् उनीहरुले । पुरानो घर पोखरा वताउने प्रवेशले पहिलोपटक लमजुङ टेक्ने अवसर मिल्यो । पोखरावाट साथीहरुसंग बाईक लिएर आएका प्रवेशले घलेगाउँ घुम्न जाने भनेपछि वेसीशहरमा रहेकी संगीताले पनि नाइँ भन्न सकेनन् । उनीहरु विहान बाईकमा चढेरै घलेगाउँ पुगे । 'घलेगाउँमा प्रवेशले संगीतालाई प्रेम प्रस्ताव राख्यो । 'भ्यालेनर्टाईनस् डे' को दिन, संगीताले पनि नाइँ भन्न सकिनन्' प्रवेशका साथी दीपक मगर भन्दै थिए, 'उनीहरुबीच जीन्दगीको यात्रा घलेगाउँवाट शुरु भयो, आज 'भ्यालेनटाइनस् डे' को दिनवाट ।

यसपटक घलेगाउँमा 'भ्यालेनर्टाईनस् डे' को दिन जोडीहरुको लस्कर थियो । कोही घुमघामा लागि घलेगाउँ पुगेका थिए त कोही प्रेम प्रस्ताब राख्नकै लागि । घुमघामका लागि मात्रै आएकाहरुलाई दिन वितेको थाहै भएन । 'प्रकृति र संस्कृतिको रसास्वादन गर्नेहरु माहुरी झैँ डुल्दै थिए । पिकनिकका लागि जानेहरु पनि एकरात विताउने भन्दै वसे, अनि म चाहीँ फर्केँ' दीपकले भने, 'सरकारी जागिर भोलिदेखि अफिस जानु छ ।'

स्वदेशी तथा विदेशी पाहुनाको बाक्लो उपस्थिति रहने घलेगाउँमा आईतवार एवंरीतका साथ पाहुनाले भरियो । र्सार्क राष्ट्रको नमुना मानिएको घलेगाउँ पछिल्लोपटक जोडीहरुको गन्तब्यस्थल बनेको चर्चासंगै पहिलो प्रेम प्रस्ताव गर्ने ठाउँ पनि बन्यो । त्यसैले त कतिपय जोडीहरुले प्रेम पस्ताव मात्रै राखेनन् सुनौलो जीवनको कल्पनासहितको कसम पनि खाए । शहरी कोलाहलले उकुसमुकुस बनाएकाहरुलाई त प्रेम र शितलताको संजीवनी मिल्यो । 'लमजुङ, मनास्लु र डाक्टर हर्क गुरुङ हिमाललाई साक्षी राखेर जीवनभर संगै बाँच्ने कसम खाएको हाम्रो जोडी कहिल्यै पनि छुट्दैन' एक जोडीलाई उद्धत गर्दै वेसीशहरवाट घलेगाउँ गएका प्रमोद गिरीले भने ।

लमजुङको उत्तरकन्या गाउँ विकास समितिमा रहेको घलेगाउँमा दर्जनौँ जोडीले भ्यालेनर्टाईनस् डे' मनाएकाछन्, यसपटक । हिमालको काखमा बसेर प्रकृतिसंगै मितेरी लगाएर धेरै जोडीले 'भ्यालेनटाइनस् डे' मनाए । घलेगाउँमा संगै हिँडेको जोडी अनि बसेका मलेवालाई देखेर स्थानीयवासिन्दा पनि छक्क परे । वेसीशहर झर्दाको बखत जोडीबीच खिचेको तस्वीर प्रकाशन नगरिदिन उनीहरुले अनुरोध गरे । आफैँले चिखेका तस्वीर उनीहरुले दिन माननेन् ।

घलेगाउँमा जोडीहरुका लागि खानाको मिनुमा ३० देखि ४० प्रतिशतसम्म सस्तो बनाईएको छ । कतिपय जोडीले घलेगाउँमै रात विताउनेछन् । 'भ्यालेनर्टाईनस् डे' मनाउनकै लागि काठमाडौं, पोखरा, चितवन लगाएत देशका बिभिन्न क्षेत्रबाट विदेशी तथा स्वदेशी पर्यटक घलेगाउँ पुगेकाछन् ।

उत्तरपर्ूवमा बौद्ध, ङादीचूली, हिमालचुली, मनास्लू हिमश्रृङखलाहरु, उत्तरमा लमजुङ हिमाल, अन्नपर्ूण्ा दोस्रो र माछापुच्छे्रको मनमोहक टाकुरासंगै विहानीको मिर्मिरेपछि ओछ्यानबाटै सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ घलेगाउँवाट । गाउँनजिकै चिरबिर गर्ने नानाथरिका चरा चुरुङ्गी, मृग, पिउरा, कालिज अनि लुइँचेको आवाजले झन् सुनमा सुगन्ध थप्छ । गाउँवाट हर्ेदा देखिने चारैतिरका मानवबस्तीहरु अनि साँझको अँधेरीमा झिलमिल देखिने खुदी उपत्यका र नागबेली हुँदै बगेको मर्स्याङ्दी र मिदिम खोलाको मनोरम दृश्यले दुख नै विर्सर्ााे गर्दछ

गाउँमा करीब दर्ुइसयजना अटाउने सामुदायिक भवन निर्माण गरिएको छ । जहाँ साँझ खाना खाएपछि सबै गाउँले जम्मा हुन्छन् र नाचगान गर्न थाल्छन् । घलेगाउँका वासिन्दाले आफ्ना सयौँवर्षअघिका सांस्कृतिक नाचगानहरु जिवन्त बचाइ राखेका छन् । झ्याउरे, सर्ेका, दोहोरी, घाँटू, घ्याब्रे, कृष्णचरित्र, झाँक्री, कुुसुण्डा लगायत त्यसका उदाहरण हुन् । हरेक नाचको भिन्नभिन्न बाजागाजा र भेषभूषाहरु छन् । घलेगाउँमा पुग्ने पर्यटकहरुलाई यी नृत्यहरु पर््रदशन गर्ने गरिएको घलेगाउँ पर्यटन ब्यवस्थापन उप-समितिका संरक्षक/सल्लाहकार प्रेम घले गाउँछन् ।

समुन्द्री सतहदेखि करीब २ हजार १ सय मीटरको उचाईरमा रहेको घलेगाउँमा १ सय १५ घर छन् । काठमाडौंवाट तनहुँको डुम्रे हुँदै लमजुङ सदरमुकाम बेसीशहर हुँदै साढे ६ घण्टाको हिँडाइपछि घलेगाउँ पुग्न सकिन्छ । बेसीशहरबाट बाग्लुङपानी हुँदै, बेसीशहरबाट खुदी सिम्पानी भलामचौर हँंदै र बेसीशहरबाट खुदी घनपोखरा हुँंदै गएपनि घलेगाउँ पुग्न सकिन्छ । अहिले वेसीशहरवाट बाग्लुङपानी हुँदै सिधै घलेगाउँसम्म मोटर पुगेपछि पर्यटकलाई सजिलो भएको छ ।

पछिल्लो दिनमा घलेगाउँमा बिजुली पुगेपछि आफ्नो खुशी इमेल इन्टरनेट र फोन गर्न पाउँदा पर्यटकलाई निकै सजिलो भएको छ ।
Posted on:February 14, 2010, 7:56 am

No comments:

Post a Comment