Thursday, June 9, 2011

छ सय मेगावाटको परियोजना गर्न माओवादीको चेतावनी

आश गुरुङ 'प्रतीक',
लमजुङ, फागनु ३ गते । माथिल्लो मर्स्याङदी-२ जलविद्युत परियोजनाको निर्माणकार्य बन्द गर्न एकीकृत माओवादी निकट तमु राष्ट्रिय मुक्ति मोर्चाले चेतावनी दिएको छ । राष्ट्रको हित बिपरित परियोजना निर्माण हुन लागेको भन्दै नयाँ संविधान निर्माण नभएसम्म निर्माणकार्य रोक्न माओवादी निकट मोर्चाले चेतावनी दिएको हो ।

छ सय मेगावाट क्षमताको विद्युत उत्पादनका लागि डीपीआर अन्तिम चरणमा पुगेको सो परियोजना बन्द गर्न तमु राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समितिले चेतावनी दिएको हिमताल कम्पनीका प्रवन्धकर् इन्जिनियर अरुण रजौरियाले जानकारी दिनुभयो । मोर्चाका अध्यक्ष तथा गोरखा जिल्लावाट निर्वाचित सभाषद अमर गुरुङको हस्ताक्षर रहेको चेतावनी पत्रमा तमुवान प्रदेशमा निर्माण हुन लागेको परियोजना स्थानीयवासिन्दाको अनुमति बिना निर्माण गर्न नपाउने उल्लेख छ ।

जल, जमिन र जंगलमाथि स्थानीयवासिन्दाको अग्रअधिकार रहेको भन्दै बन्द गर्न चेतावनी दिएको प्रमुख जिल्ला अधिकारी होमनाथ थपलियाले वताउनुभयो ।

भारतीय पर््राईभेट कम्पनी जीएम आरको ८० र नेपाल सरकारको तर्फाट हिमताल हाईड्रोपावर कम्पनीको २० प्रतिशत लगानीमा निर्माण हुन लागेको परियोजनाको डीपीआर तयार हुन अब एक महिनामात्रै बाँकी छ । उर्जा मन्त्रालयले सचिब स्तरिय निर्ण्र्ाााट गत मंसिर १० गते आयोजनाको जडित क्षमतामा बृद्धि गरि ६ सय मेगावाट विद्युत उत्पादन गर्न स्वीकृत दिएको सो परियोजना अघि एकीकृत माओवादीले माथिल्लो कर्ण्ााली जलविद्युत परियोजना बन्द गर्न समेत चेतावनी दिईसकेको छ ।

मनाङको सिरानतालमा बाँध बाँधेर लमजुङको स्याँगेमा पावर हाउसका लागि र्सर्भे भईसकेको परियोजना अहिलेसम्मको अनुमति प्राप्त जलविद्युत परियोजनामध्ये कर्ण्ााली १ हजार र पश्चिम सेती ७ सय ५० मेगावाट पछिको तेश्रो ठूलो जलविद्युत परियोजना हो ।


Posted on:February 15, 2010, 6:45 am

No comments:

Post a Comment