Thursday, June 9, 2011

जोखिमपर्ूण्ा यात्रा

आश गुरुङ 'प्रतीक', तस्वीरः लेखक





लमजुङ लमजुङका प्रायः गाउँमा मोटर पुगिसकेको छ । आफ्नै घरआँगनमा मोटरवाटो पुगेपनि लमजुङका ग्रामीण भेगका वासिन्दाले सहज रुपमा आवतजावत गर्न भने पाएका छैनन् ।

लमजुङको ६१ गाउँ विकास समितिमध्ये ४५ गाउँ विकास समितिमा अहिले मोटर पुगिसकेको छ । पहाडि जिल्ला भएकाले सडकहरु निकै भिराला छन् । त्यसमाथि साँघुरा सडकहरु भएकाले र्सवसधारण ढुक्क संग यात्रा गर्नबाट बञ्चित छन् ।

सदरमुकाम वेसीशहरदेखि सुगम तथा दर्ुगम गाउँमा मोटर पुगेपनि सडकहरु पक्की नभएका, यातायातमा क्षमता भन्दा बढी यात्रु राखिएका, छतमा बढीमात्रामा यात्रुहरु चर्ढाईएकाले र्सवसाधारणलाई असहज भएको हो ।

अहिले लमजुङ सदरमुकाम वेसीशहरबाट दक्षिणी लमजुङको दुराडाँडा, नेटा, धुसेनी हुँदै भोर्लेटार सम्म मोटर चलेको छ । त्यस्तै, कास्कीको पोखरावाट बेगनास, हंसपुर र थुम्की हुँदै भोर्लेटारसम्म मोटर चलेको छ भने भोर्लेटारवार्टर् इशानेश्वर, करापू, हुँदै गिलुङ सम्म मोटर पुगेको छ । वेसीशहरवाट नाल्मा, बाख्रेजगत, गाँउशहर चिसापानी लगायतका ठाउँमा मोटर गुडेको छ । त्यस्तै उत्तरी लमजुुङको खुदी, भुलभुले हुँदै ताघ्रिङको स्याँगेसम्म मोटर चलेको छ । यता, वेसीशहरवाट बाग्लुङपानी, कपुरगाउँ हुँदै पर्यटकीय ग्रामीण क्षेत्र घलेगाउँको फेदीसम्म मोटर चलेको छ ।

यता, तनहुँको तुरतुरेदेखि गोरखाको पालुङटार हुँदै पर्ूर्वी लमजुङको धमिलीकुवा, चक्रतर्ीथ लगायतका गाविसमा मोटर पुगेको छ । त्यस्तै तार्कुघाटवाट र्राईनास मोहोरियाकोट हुँदै प्यारजुङ र गौँडा सम्म मोटर चलेको छ । निर्माणाधिन मध्यमर्स्याङ्दी जलविद्युत परियोजनाको बाँध निर्माणस्थल उदीपुर दलालवाट बन्सार चिति गाविस हुँदै वन्सार गाविसको हिलेवेसी, दुवार लगायतका गाउँमा अहिले मोटर चलेको छ । मर्स्याङ्दी नदीमा मोटरेवल पुल नभएकोले पार्टपर्ुजा फुकालेर मर्स्याङ्दी नदी तारिएको हो ।

सरमुकाम बेसीशहरवाट गाउँगाउँ सम्म जीपको यात्रा गर्न सकिन्छ । 'कच्ची वाटो र साँघुरो वाटो भएका कारण कुन ठाउँमा गएर गाडिले फालिदिन्छ, थाह छैन' विकट भुजुङ गाउँका डीलबहादुुर गुरुङ भन्छन्, 'मोटर नचढेपनि नहुने चढेपनि नहुने । वाटो अप्ट्ायारो छ खै यात्रा गर्नुभन्दा नगरेकै जाती ।' लमजुङको भुजुङ जान सदरमुकाम वेसीशहरवाट १ दिन लाग्छ भने वेसीशहरवाट घलेगाउँसम्मको करीब २५ किलोमीटर कच्ची सडकमा अहिले मोटर गुड्न थालेको छ ।

भुजुङका डीलबहादुर गुरुङ जस्तै ग्रामीण सडकका यात्रा गर्ने सवैको कथा ब्यथा पनि यस्तै छ । 'गाउँसम्म गाडी पुगेपछि हिडेर जान मन कसैलाई लाग्दैन' नाल्माकी मीना बुढाथोकी भन्छिन्, 'जीपमा चढ्यो तर कुन बेला झरौँ झै लाग्छ ।' त्यस्तै गाउँशहरकी सरिता देउजा भन्छिन्, 'हिड्नु पर्दैन भन्नु मात्रै हो, न बस्ने ठाउँ पाईन्छ, न सजिलो सँग यात्रा गर्न नै । छतमा चढेर जोखिमपर्ूण्ा यात्रा गर्नुपर्छ ।' विकासको गतिले छुन नसकेको लमजुङमा पछिल्लोपटक स्थानीय जनताको पहलमा धेरै मोटरवाटो निर्माण भईसकेको छ । दातृनिकाय विना नै मोटरबाटो बनेका ती वाटोहरुमा अहिले मोटर गुडेका छन् । त्यसो त केही वर्षघि जर्मन सरकारको सहयोगमा निर्माण भएको हरित सडकमा पनि अहिले मोटर गुडेको छ । तर, विकासका नाउँमा गाउँगाउँमा मोटर पुगेपनि प्रभावित क्षेत्रका वासिन्दालाई यात्रा सहज भने छैन ।

यात्रुहरुलाई मात्रै होईन सवारी चालक तथा सहयोगीलाई समेत निकै अप्ट्यारो छ । गाउँगाउँमा पुगेका सडकहरु साँघुरो, सानो मोड, खाल्डाहरु, भीर तथा उकालो-ओरालो भएका कारण उनीहरुलाई ज्यादै समस्या भएको सवारी चालकहर वताउँछन् । उनीहरु क्षमता भन्दा बढी यात्रु तथा मालसामान बोकेर गाडी गुडाउँछन् । यसरी सवारी साधान चलाउँदा दर्ुघटना हुने संभावना धेरै हुन्छ ।
Posted on:February 14, 2010, 7:38 am

No comments:

Post a Comment