Sunday, June 5, 2011

लमजुङका ७२ वटा विद्यालयमा पुस्तकालय स्थापना

आश गुरुङ 'प्रतीक'
Library in Lamjung's schoolलमजुङ, भदौ १९ गते ।
लमजुङको गाउँगाउँमा संचालित ७२ वटा विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ ।
सरकारी पहुँच नपुगेका ग्रामीण भेगमा पढ्ने वालवालिकालाई मध्यनजर राखि शिक्षाको क्षेत्रमा सहयोग पुर्‍याउदै आएको रुम टु रिड नामक गैर सरकारी संस्थाको सहयोगमा वाल स्वास्थ्य तथा वातावरण बचाउ समाज -चेस) नेपालले पुस्तकालय स्थापना गरेको हो ।
सन् २००८ मा ३१ वटा विद्यालयमा र सन् २००९ को अहिलेसम्म ४१ गरि ७२ वटा पुस्कतालय स्थापना भएको चेस नेपालले जनाएको छ । रुम टु रिड र चेस नेपालले पुस्तकालय स्थापनाका लागि प्राथामिक विद्यालयमा ६० प्रतिशत साथै निम्न माध्यमिक र माध्यमिक विद्यालयमा गरि ४० प्रतिशत लगानी गरेकाछन् । प्राथमिक विद्यालयहरुमा एहजार दुर्इसयसम्म साथै निम्न माध्यमिक विद्यालय र माध्यमिक विद्यालयमा एकहजार चारसय पुस्तकहरु राखिएका रुम टु रिङ अन्तर रिङङि रुमका कार्यक्रम संयोजक मनोज सुवेदीले वताएकाछन् ।


पुस्तकालय स्थापनका लागि प्राथामिक विद्यालयमा करीब एकलाख ७० हजार साथै निमावि र माविमा करीब एकलाख ८० हजारका दरले खर्च गरिएको छ । पुस्तकालयमा विद्यार्थीका लागि जानकारी, चेतना, मनोरञ्जन, तथा वौद्धिक स्तर बढाउने प्रकारका पुस्तकहरु राखिएको रिडिङ रुम कार्यक्रमका अशोक सापकोटाले वताएकाछन् ।
पुस्तकालयमा सामान्य ज्ञान, कथा, कविता, वालकथा, वालकविता, चित्रकला, धार्मिक तथा ऐतिहासिक पुस्तकहरु साथै स्वास्थ्यसम्बन्धी र ज्ञानविज्ञानका पुस्तकहरु पनि राखिएको छ । १० देखि १ हजार रुपैँयासम्मका पुस्तकहरु राखिएका पुस्तकालयमा दैनिक तथा साप्ताहिक बाल पत्रपत्रिकाहरु तथा अन्य पत्रपत्रिकाहरु पनि राखिएको पुस्तकालय ब्यवस्थापन समितिले जनाएको छ । प्रत्येक विद्यालयको पुस्तकालयमा कोष स्थापना गर्नका लागि दान बाकस समेत राखिएको छ । पुस्तकालय स्थापना भएपछि अनिवार्य रुपमा प्रत्येक दिन ४५ मिनेट पुस्तकालय खुल्ला गरिनर्ुपर्ने नियम सो संस्थाले बनाएका छन् ।


लमजुङका शहरी क्षेत्रका विद्यालयमा बाहेक ग्रामीण क्षेत्रका विद्यालयहरुमा यसअघि कुनैमा पनि पुस्तकालय थिएनन् । विकट ग्रामीण भेगको विद्यालयहरुमा पुस्तकालय स्थापना भएपछि विद्यार्थी र शिक्षकहरुलाई आन्तरिक तथा बाहृय ज्ञान लिन सजिलो भएको छ । गाउँगाउँमा पुस्तकालय नभएका कारण उनीहरु सदरमुकाम वेसीशहरका पुस्तक पसलवाट महंगो मुल्य तिरेर पढ्नुपर्ने बाध्यता थियो । तर, अहिले पुस्तकालय स्थापना भएपछि ग्रामीण भेगका विद्यार्थी तथा शिक्षकहरुलाई धेरै राहत मिलेको चेस नेपालका संस्थापक अध्यक्ष राजकुमार पाण्डेको दावी छ ।

Posted on:September 4, 2009, 12:28 am

No comments:

Post a Comment