Sunday, June 5, 2011

मृत्यूको प्रचार भएकी महिला सकुशल

आश गुरुङ 'प्रतीक'
Raj Kumari Gurungलमजुङ, भदौ १८ गते ।
घरेलु कामदारको रुपमा कुवेत गएकी लमजुङकी एक महिला मृत्यू भएको जानकारी आएपनि सकुशल नै रहेको रहस्य खुलेको छ ।
भारते भारते गाउँ विकास समिति वडा नं ५ झहरेकी २२ बषिर्य राजकुमारी गुरुङको मृत्यू भएको खवर घरमालिकले ९६५९९९२६८१९ नम्बरको टेलिफोनबाट राजकुमारीकी भाउजु खिमायालाई जानकारी गराएपनि उनी अत्यत्रै भएको जानकारी प्राप्त भएको छ ।
राजकुमारीको मृत्यू भएको खबर टेलिफोनवाट जानकारी आउनु र अरब र्टाईम्सको हवला दिँदै एक घरायसी नेपाली कामदारको कुवेतमा मृत्यू भएको समाचार संचारमध्ययमले प्रकाशन प्रशारण गरेपछि परिवारमा रुवावासी भएको थियो ।


काम गरेको घरमा तलब पनि नदिने र कुटपिट गर्ने गरेपछि राजकुमारी कुवेतमा रहेको नेपालीमार्फ साउदी अरब पुगेको पारिवारिक श्रोतले जनाएको छ । राजकुमारीलाई बैदेशिक रोजगारीमा पठाउने पोखराकी दिलमाया गुरुङ मार्फ उनको मृत्यू नभई सकुशल नै रहेको जानकारी पाएको राजकुमारीकी भाउजु खिमायाले जानकारी दिनुभएको छ ।


गत असार ६ गते मुम्बइबाट अल जजिरा एयरवेजबाट कुवेत गएकी राजकुमारी कुवेतको उम अल हाइमान भन्ने ठाँउमा घरेलु कामदारको रुपमा काम गर्दे आएकी थिइन । सुर्योदय मावि भारते बाट गत बर्षएसएलसी पास गरेकी राजकुमारी शुरुमा अष्ट्रेलिया जान प्रयास गरेपनि पछि दलाल मार्फ कुवेत गएकी थिइन । घरबाट जेठको पहिलो साता काठमाडौँ गएकी गुरुङ असार ६ गते मात्र मुर्म्बईबाट कुवेत पुगेकी थिईन् ।

त्यतिका समय उनी कहाँ बसिन, के गरिन भन्ने बिषय भने अझै खुलेको छैन ।

Posted on:September 3, 2009, 4:34 am

No comments:

Post a Comment