Sunday, June 5, 2011

सहकर्मी आश गुरुङलाई सम्मान

लमजुङ समाचारदाता
filter with Ash Gurungभदौ २४ गते ।
वातावरणी स्वास्थ्य र सरसफाई सम्बन्धी गतिविधिहरुलाई संचारमाध्ययममा उच्च प्राथामिकताका साथ प्रकाशन तथा प्रशारण गरेको भन्दै लमजुङ सहकर्मी आश गुरुङ 'प्रतीक'लाई सम्मान गरिएको छ ।


बाग्लुङपानी गाउँ विकास समिति वडा नं. ९, बिम्दावेसीमा स्थानीय शिवशक्ति बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको खुला दिसामुक्त क्षेत्र घोषणा कार्यक्रममा वातावरण र सरसफाईको क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था ग्रीन सोर्साईटीले गुरुङलाई सम्मान गरेको हो ।
ग्रीन सोर्साईटीका महासचिव देवेन्द्र पौडेल र सहकारी संस्थाकी अध्यक्ष पद्मा गुरुङले सम्मान पत्र र तामाको १८ लिटर क्षमताको पानी छान्ने फिल्टर प्रदान गरेका थिए ।


कुल एकसय ३५ घरधुरी रहेको बिम्दावेसीका सवै घरमा सौचालय निर्माण भएपछि आयोजना गरिएको खुला दिसामुक्त क्षेत्र घोषणाका क्रममा पुगेका गुरुङलाई स्थानीयवासिन्दाले ढाकाको टोपीसमेत ओढाएका थिए ।




















Posted on:September 9, 2009, 3:41 am

No comments:

Post a Comment