Saturday, June 11, 2011

प्रधानमन्त्रीलाई पेस्तोल

आश गुरुङ 'प्रतीक',
लमजुङ, फागुन १९ गते । संचार उद्यमी अरुण सिंघानियाको हत्याको विरोधमा लमजुङका संचारकर्मीहरुले प्रधानमन्त्रीलाई खेलौना पेस्तोल पठाएकाछन् । नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष किसान 'संगीत' नेपालीको नेतृत्वमा धर्नाका लागि जिल्ला प्रशासन कार्यालय पुगेका संचारकर्मीले निमित्त प्रमुख जिल्ला अधिकारी बाबुराम लामिछानेमार्फ ज्ञापनपत्रसहित खेलौना पेस्तोल पठाएका हुन् ।

लमजुङका संचारकर्मीले हत्याहिंसामा छोटा बन्दुक तथा पेस्तोलको प्रयोग बढेको भन्दै यस्ता बन्दुकलाई बन्देज लगाउन सरकारलाई आग्रह समेत गरेकाछन् ।

पत्रकारहरुको धर्नाका कारण जिल्ला प्रशासन कार्यालयको कामकाज दिउँसो १ घण्टा ठप्प भएको थियो ।




Posted on:March 6, 2010, 1:10 am

No comments:

Post a Comment