आश गुरुङ 'प्रतीक'
लमजुङ साथीभाइको विदाईमा तपाइँ के उपहार दिनुहुन्छ - तयारी गिफ्ट, कलम डायरी, हस्तकलाका सामान, लत्ताकपडा वा अरु केही - आफ्नो सम्झना चीरस्थायी बनाउन तपाइँ नयाँ तथा महंगा सामाग्री दिनुहुन्छ पक्कैपनि । तर, लमजुङमा एक जनाले आफ्नो साथीको विदाइका बेला नौलो उपहार दिएकाछन्, कण्डम । प्रसंग वर्ल्ड भीजनर् इन्टरनेश्नल नेपाल, लमजुङ क्षेत्र विकास कार्याक्रम लमजुङका टिम लिडरको विदाइ कार्यक्रमको हो ।
लामो समय सम्म लमजुङ बसेर काम गर्दै आएका टिम लिडर सुरेन्द्रबावु ढकालको विदाइमा आउने अन्य साथीहरुले कलम डायरी, किताब, त कसैले हस्तबुनाईका स्थानीय सामाग्री, प्राकृतिक दृश्यका तस्विर उपहार दिए । उपहार दिनेको भीडमा उनका साथी प्रेम भट्टर्राईले उपहार स्वरुप ३ प्याकेट कण्डम थमाउँदा ढकाल आश्चार्यचकित भए, कार्यक्रममा हाँसको फोहोरा छुट्यो ।
लमजुङमा एचआइभी एड्सको क्षेत्रमा काम गर्दै आएको ग्रामीण सामुदायिक विकास केन्द्र -आरसीडीसी) का कार्यक्रम संयोजक भट्टर्राईले एड्सको क्षेत्रमा सचेतना जगाउन सन्देश जाओस् भन्ने उद्देश्यले यस्तो उपहार दिएको प्रतिकृया दिए । 'एचआइभी एड्सले विकराल रुप लिएकाले सचेत ब्यक्तिहरुबाटै सचेतना जगाउन कण्डम उहार दिएँ', भट्टराइले भने, 'अरु कृयाकलापसँगै यौनजीवन पनि सुखद राख्दै यौनरोग र गर्भनिरोधका लागि कण्डमको प्रयोग बढाउन यस्तो उपहारको सुरुवात गरेको हो ।'
कार्यक्रममा हल्का लाज र बढी हासीमजाक गरेकाहरु उपहार प्रदानपछि निकै भावुक र सम्बेदनशीले देखिन्थे । उपहार प्राप्त गर्ने सुरेन्द्रबाबु ढकालले निर्धक्कका साथ कण्डमलाई उपहारको प्रचलनमा ल्याउनुपर्ने प्रतिक्रिया दिए । 'कण्डम प्रयोगविनाको यौनबाट एचआइभी एड्सका साथै विभिन्न रोगको संक्रमण बढेको छ', ढकालले भने, 'सचेत तरिकाबाट यौन सर्म्पर्क गराउन कण्डम सचेतना अहिलेको आवश्यक हो ।' कण्डमको र्सवसुलभ र यौन सचेतना बढाउन ग्रामीण सामुदायिक विकास केन्द्रले एक वर्षेखि प्रत्येक होटलहरुमा कण्डम बाकस समेत राखेको छ । ग्लोबल फण्टको सहयोगमा एड्स रोकथाम तथा न्युनिकरणको विभिन्न सचेतनाका कार्यक्रमहरु संचालन भएपनि त्यो प्रभावकारी नभएको गुनासो पनि समाजमा छ । 'एड्सको नाममा हल्लाखल्ला मात्रै बढी हुन्छ, लक्षितवर्ग सम्म कार्यक्रम नै पुग्दैन', लमजुङ जिल्लामा पहिलोपटक र्सार्वजनिक भएका एचआइभी संक्रमित साधुराम पण्डितले गुनासो गरे ।
लमजुङमा पछिल्लो तथ्याङ्क अनुसार जिल्ला एड्स समन्वय समितिका अनुसार लमजुङमा एचआईभी संक्रमितको संख्या १ सय १२ पुगेको छ । तर यस बाहेक राष्ट्रिय एचआइभी तथा एड्स महासंघ लमजुङमा छुट्टै २० जना आबद्ध भएको महासंघले जनाएको छ । जिल्लामा एड्स रोगबाट मर्नेको सँख्या एक दर्जन जति भएपनि रर्ेकर्डमा भने ४ जना मात्र राखिएको पाईन्छ । जिल्ला जनस्वास्थ्य कार्यालय लमजुङ र लमजुङ जिल्ला सामुदायिक अस्पतालको पहलमा एचआईभी संक्रमितहरुको तथ्याङ्क निकालिएको हो ।
लमजुङमा एचआईभी संक्रमितहरुको अवस्था विकराल वन्दै गएपछि संवन्धित संघसंस्थाले आफ्नो ध्यानाकर्षा गरेका छन् । लमजुङमा तीन स्थानमा स्वेच्छिक परामर्श तथा परिक्षण केन्द्र र तीन ठाउँमा एचआइभी सुचना केन्द्र स्थापना गरिएको छ । स्वेच्छिक परामर्श तथा परिक्षण केन्द्र लमजुङ समुदायिक अस्पताल बेसीसहर, भोटेवडार र खुदीमा राखिएको छ, भने एचआइभी सुचना केन्द्र बेसीसहर, चिती र भोर्लेटारमा राखिएको छ । त्यहाँबाट परामर्श, परिक्षण र सचेतनाका काम गरिरहेको जिल्ला एड्स समन्वय समितिका कार्यक्रम संयोजक विष्णु बहादुर थापाले बताए ।यसैबीच संक्रमितको क्षेत्रमा काम गर्ने उद्देश्यले स्थापना भएको लमजुङ सहयोगी समूहले पनि राष्ट्रिय एचआइभी तथा एड्स महासंघसँग समन्वय गरेर जिल्लामा सचेतना, परामर्श र संक्रममित तथा उसको परिवारलाई सहयोग कार्यक्रम सञ्चालन गरिरहेको छ ।
Posted on:March 3, 2010, 1:10 am
No comments:
Post a Comment