Saturday, June 11, 2011

स्मृति पत्रकारीता पुरस्कार अधिकारीलाई

आश गुरुङ 'प्रतीक',
लमजुङ, फागुन २० गते । लमजुङमा स्थापना गरिएको सन्तोष लामिछाने स्मृति पत्रकारीता पुरस्कार पहिलोपटक पत्रकार कृष्ण प्रसाद अधिकारीलाई प्रदान गरिएको छ । दुराडाँडा गाउँ विकास समिति वडा नम्बर ४ स्थायी घर भई १० वर्षेखि पत्रकारीता गर्दै आएका अधिकारीलाई पुरस्कारस्वरुप १ हजार ५ रुपैँया र सम्मानपत्र दिईएको छ । अधिकारी विभिन्न संचारमाध्यमा हुँदै अहिले नौलो सुनगाभा द्वेमासिक बाल पत्रिकाका सम्पादक साथै इन्सेकका लमजुङ प्रतिनिधि हुन् ।

स्मृति पत्रकारीता पुरस्कार नेपाल पत्रकार महासंघ लमजुङ शाखाका उपाध्यक्ष तथा सन्तोष लामिछानेका काका श्रीकृष्ण लामिछानेले स्थापना गरेका थिए । पुरस्कार तथा सम्मानपत्रलाई सन्तोषका बाबु गोपाल लामिछानेको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी होमनाथ थपलिया र नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष किसान 'संगीत' नेपालीले प्रदान गरेका थिए ।

२०४६ साल कार्तिक १० गते लमजुङको भोर्लेटारमा जन्मिएका सन्तोष लामिछानेको ५३ साल फागुन २६ गते फागु पूणिर्माको दिन घर नजिकै वसले किच्दा ज्यान गएको थियो । आगामी वर्षेखि पुरस्कारलाई फागू पूणिर्माको दिन वितरण गर्ने वताईएको छ ।


Posted on:March 6, 2010, 3:03 am

No comments:

Post a Comment