Sunday, June 19, 2011

एमालेे कार्यालयमा ताला

आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com
लमजुङ, असार १४ गते ।
युथफोर्सका कार्यकर्ताले सोमवार दिनभर एमाले लमजुङको कार्यालयमा तालाबन्दी गर्‍यो ।
लमजुङ कारागारमा रहेका युथफोर्स लमजुङका सदस्य बासु बराललाई छुटाउन पार्टर्ीी पहल नगरेको भन्दै युवाहरुले पार्टर्ीीार्यालयमा उनीहरुले तालाबन्दी गरेका हुन् ।

माओवादी निकट अखिल नेपाल शिक्षक संगठनका उपाध्यक्ष हरि दनाईलाई कुटपिट गरेको अभियोगमा युथफोर्सका बराल दर्ुइ महिनादेखि कारागारमा छन् ।
एमाले पोलिटब्युरो सदस्य पृथ्वीसुब्वा गुरुङ र केन्द्रिय सदस्य टुका हमाल जिल्ला आएको मौका छोपी युथफोर्सका सदस्य छुटाउन दबाब दिने उद्देश्यले पार्टर्ीीार्यालयमा तालाबन्दी गरिएको एमाले युवाहरुले बताएका छन् ।

तालबन्दी पछि एमाले पोलिटब्युरो सदस्य पृथ्वीसुब्बा गुरुङ, केन्द्रीय सदस्य टुका हमाल, जिल्ला नेताहरु र युवा प्रतिनिधि बीचको छलफलबाट युवाहरुले उठाएको माग प्रक्रियागत ढंगले सम्बोधन गर्ने सहमति भएपछि विहान लगाईएको ताला साँझमात्रै खुलेको थियो ।

UML-office-locked

Posted on:June 28, 2010, 8:36 am

No comments:

Post a Comment