Sunday, June 19, 2011

प्रधानसेनापति गुरुङ लमजुङमा

आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com
लमजुङ, असार १२ गते ।
प्रधान सेनापति छत्रमानसिंह गुरुङ सुटुक्क लमजुङ आएर आज शनिवार चितवन फर्केका छन ।
प्रधानसेनापति भएपछि सेनाका ब्यारेकहरुमा निरिक्षण भ्रमण गर्ने क्रममा गुरुङ लमजुङ आएको सैनिक स्रोतले बतायो ।

नेपाली सेनाले प्रधानसेनापति गुरुङलाई भेर्टगर्न संचारकर्मीलाई भने रोक लगाइएको थियो । लमजुङको छिमेकी जिल्ला तनहुँ घर भएका सेनापति गुरुङलाई भेट्न आएका आफन्त समेत भेटन नपाए पछि त्यसै फर्किएका थिए । प्रधानसेनापति गुरुङले काठमाण्डौं बाट लमजुङ आउँदा र चितवन र्फकदा बाटोमा पर्ने ब्यारेकहरुमा समेत निरीक्षण गरेको सैनिक स्रोतले बताएको छ । गुरुङ आज शनिवार चितबन रहने र भोलीमात्र काठमाण्डौ र्फकने कार्यक्रम रहेको छ ।

सैनिक स्रोतका अनुसार प्रधानसेनापति गुरुङले जनताको मन जितेर जस्तोसुकै परिस्थितीको पनि सामान गर्दै सेना अघि बढनु पर्ने निरीक्षणको क्रममा निर्देशन दिएका थिए । रणबम गणका गणपति नबराज गुरुङले भने प्रधानसेनापतिको नियमित भेटघाट गर्ने कार्यक्रम अनुसार लमजुङ आउनु भएको र अन्य कुनै कार्यक्रम नभएको बताए ।
Chhatraman Singh Gurung

Posted on:June 26, 2010, 8:08 am

No comments:

Post a Comment