Sunday, June 19, 2011

लमजुङका सवै विद्यालयमा बर्खे विदा

आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com
लमजुङ, असार २० गते ।
लमजुङका सवै सामुदायिक विद्यालयहरुमा बर्खे विदा शुरु भएको छ । विदासंगै विद्यालयहरु साढे १ महिनाका लागि बन्द भएकाछन् ।
लमजुङमा रहेका २३ उच्चमावि संगै लगायतका ६९ माध्यमिक विद्यालय, ३४ निमावि र २ सय १३ वटा प्राथामिक विद्यालयहरु बन्द भएका हुन् ।

बर्खे विदासंगै शिक्षकहरु आ-आफ्नो घरतर्फलागेकाछन् । ग्रामीण क्षेत्रका विद्यार्थीहरु आफ्ना खेतवारीका काममा ब्यस्त हुन थालेकाछन् ।
बन्द विद्यालय आगामी साउनको तेश्रो सातादेखि खुल्ने जिल्ला शिक्षा कार्यालय लमजुङले जनाएको छ । विद्यालयको छुट्टै नियम, पाठ्यक्रमको अवस्था र स्थानीयको समस्या हेरेर पठनपाठनलाई केही थपघट गर्न सकिने समेत जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

तस्वीरमा उत्तरी लमजुङको बाहुनडाँडा गाउँ विकास समिति ठूलीवेसीमा रहेको जटेश्वर निम्न माध्यमिक विद्यालय । विद्यालय बन्द गरिएकोपछिको सुनसान दृश्य ।
तस्वीरः आश गुरुङ 'प्रतीक'


Jateshwar-Nimabi

Posted on:July 4, 2010, 6:48 am

No comments:

Post a Comment