Sunday, June 19, 2011

१२ बर्षो प्रयासपछि भोर्लेटारमा विजुली बल्न थाल्यो

आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com

लमजुङ, असोज ७ गते । : १२ बर्षो अथक प्रयासपछि पश्चिमी लमजुङको भोर्लेटार उपत्यकामा पहिलोपटक विजुली बल्न थालेको छ ।
भोर्लेटार सहित पश्चिमी लमजुङका ११ वटा गाविसमा विद्युतीकरण गर्नका लागि १२ बर्षअघिदेखि गरिएको प्रयास सफल हुन थालेपछि स्थानीयवासिन्दा निकै हषिर्त भएकाछन् ।

पहिलोपटक भोर्लेटार गाविस वडा नं. ६, ७, ८ र ९ मा विजुली बलेको पश्चिम लमजुङ विद्युत उपभोक्ता संस्थाका अध्यक्ष मेघनाथ पौडेलले जानकारी दिएकाछन् ।

पश्चिम लमजुङका भोर्लेटारर्,र् इशानेश्वर, बाँग्रे, धुसेनी, नेटा, पुरानोकोट, नाल्मा, सिन्दुरे, दुराडाँडा, तार्कु, र चन्द्रेश्वर गरी ११ वटा गाविसमा एकैसाथ विजुली बत्ती बाल्ने योजना अनुसार २०५५ सालमा पश्चिम लमजुङ विद्युत उपभोक्ता समितिको गठन भई काम शुरु गरिएका थियो ।
गाउँमा विजुली बलेको खुशीयालीमा स्थानीयवासिन्दा भोजभतेर र रमझमको तयारीमा जुटेका भोर्लेटारका स्थानीयवासिन्दा गोपाल लामिछाने जानकारी दिएकाछन् ।

२५ वर्षघि लमजुङमै पहिलोपटक विजुली बलेको भोर्लेटारका वासिन्दाले २०४९ सालसम्म गाउँमै उत्पादित विजुली बालिरहेका थिए । पछि बाढीले विद्युतकोर् इन्टेक बगाउनुका साथै सरकारले अनुदान रोक्का गरेपछि स्थानीयवासिन्दा बिजुली बाल्नवाट बञ्चित भएका थिए ।
यसपटक स्थानीय गाउँ विकास समितिहरु, जिल्ला विकास समिति, राष्ट्रिय योजना आयोग, नेपाल विद्युत प्राधिकरण लगायतको सहयोगमा ११ गाविसमा विद्युतीकरण थालिएको हो ।
Bhorletar,-Lamjung

Posted on:September 23, 2010, 8:03 am

No comments:

Post a Comment