Sunday, June 19, 2011

भारतिय भुपु सैनिकको पेन्सन वितरण शुरु

आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com
लमजुङ, असोज ४ गते ।
लमजुङ सदरमुकाम बेेसीसरहरमा आज सोमवारदेखि भारतीय भुतपर्ुव सैनिकहरुको पेन्सन वितरण कार्यक्रम शुरु भएको छ ।
भारतीय भूतपर्ूवहरुको १७ औँ पेन्सन वितरण कार्यक्रममा झण्डै १५ करोड रुपैँया वितरण गरिने बताइएको छ ।

भारतीय राजदुतावास पेन्सन वितरण कार्यालय पोखरा र लमजुङ भारतीय भूपू सैनिक विकास समिति लमजुङको समन्वयमा भारतीय सैनिक र अन्य विभागवाट अवकास प्राप्त भूपू सैनिकहरुलाई पेन्सन वितरण गरिन लागेको हो । बेसीसहरको ठाडोलाइनस्थित प्रगति आमा समुहको भवनमा शुरु भएको पेन्सन वितरण कार्यक्रममा आज सोमवार भुजुङ, घनपोखरा, उत्तरकन्या, मालिङ, नाल्मा, भोजे र पसगाउँका झण्डै ५ सय ६० जनालाई पेन्सन वितरण गरिएको भारतिय भुपु सैनिक विकास समिति लमजुङले जनाएको छ ।

२०५५ सालदेखि लमजुङमा ६/६ महिनाको अबधिमा लमजुङमा भारतिय भुपु सैनिकहरुलाई पेन्सन वितरण गर्दै आएको छ । यसअघि पेन्सन थाप्न तनहुँको तुरतुरे र पोखरा जानुपर्ने हुन्थ्यो । लमजुङमा भारतिय भुपु सैनिकहरु तीन हजार २२ जना रहेकाछन् ।

आज सोमवारवाट बाट शुरु भएको पेन्सन वितरण क्याम्पमा पेन्सन थाप्न आएका भुपु सैनिक र उनका परिवारलाई साधारण औषधिको प्याकेट पनि उपलब्ध गर्राईएको छ । पेन्सन वितरण कार्यक्रम असोज ८ गते सम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।

Pension,-Besisahar
Pension,-Besisahar
Pension,-Besisahar
Pension,-Besisahar
Pension,-Besisahar
Pension,-Besisahar
Pension,-Besisahar
Pension,-Besisahar

Posted on:September 20, 2010, 7:28 am

No comments:

Post a Comment