Saturday, June 11, 2011

सुरक्षाका लागि सरकारले सहयोग गरेन

आश गुरुङ 'प्रतीक',
लमजुङ, फागुन २० गते । संचारकर्मीको ब्यवसायिक तथा भौतिक सुरक्षाका लागि सरकारले सहयोग नगरेको एक कार्यक्रमका बक्ताहरुले वताएकाछन् । लमजुङ सदरमुकाम वेसीशहरमा आयोजना गरिएको कार्यक्रममा बक्ताहरुले दण्डहीनिताको अन्त्य नभएसम्म हत्याहिंसा जारी रहने भन्दै यसको अन्त्यका लागि सरकार दृढरुपमा लाग्नुपर्ने उनीहरुको धारणा छ ।

नेपाल पत्रकार महासंघ लमजुङ शाखाले आज विहिवार आयोजना गरेको सन्तोष लामिछाने स्मृति पत्रकारीता पुरस्कार वितरण तथा ब्यवसायिक तथा भौतिक सुरक्षाका लागि पत्रकार एकता ः नयाँ संविधानमा पर्ूण्ा प्रेस स्वतन्त्रता' विषयक कार्यक्रममा दिनदहाडै संचार उद्यमीको हत्या हुँदा समेत सरकार-प्रशासन मुकदर्शक बनेको भन्दै आक्रोस पोखेका थिए ।

पत्रकार लगायत र्सवसाधारण नागरिकको हत्या श्रृङ्खला बढ्दै जानुले नेपालको सुरक्षा संयन्त्रमाथि प्रश्नचिन्त उठेको बक्ताहरुको जोड भनाई थियो । प्रमुख जिल्ला अधिकारी होमनाथ थपलिया, नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष किसान 'संगीत' नेपाली, प्रेस चौतारीका केन्द्रीय सदस्य कृष्ण केसी, मानव अधिकारकर्मी एवं इन्सेक प्रतिनिधि कृष्ण प्रसाद अधिकारी, एकीकृत माओवादीका राजु थापा, नेपाली कांग्रेसका गणेश प्रसाद नेउपाने, नेकपा एमालेका धर्मराज श्रेष्ठ लगायतले जनकुपरका संचार उद्यमी अरुण सिंघानिया, स्पेश र्टाईम्सका संचालक जमीम शाह लगायतलाई हत्या गर्ने ब्यक्तिलाई कुनैपनि हालतमा छोड्न नहुने धारणा राखेका थिए ।

कार्यक्रममा अनेरास्ववियु गण्डकी अञ्चल सचिव हिरालाल विश्वकर्मा, नेपाल तरुण दल जिल्ला अध्यक्ष रमेश पाण्डे, नेविसंघका बृषबहादुर गुरुङ, जिल्ला शिक्षा अधिकारी अम्बिका प्रसाद आचार्य, नेपाल राष्ट्रिय शिक्षक संगठनका राजु थापा, जिल्ला बाल कल्याण समितिका बाल अधिकार अधिकृत नवीनचन्द्र घिमिरे, वर्ल्ड भीजनका मदन राना, लमजुङ-कालिका माईक्रोवस संचालक समितिका पर्ूण्ालाल श्रेष्ठ लगायत जिल्लाका संचारकर्मीले सरकार हत्याहिंसाका कुनैपनि घटनावारे संवेन्दनशील नबनेको आरोप लगाएका थिए ।



Posted on:March 6, 2010, 3:19 am

No comments:

Post a Comment