Saturday, June 11, 2011

घलेगाउँका आमा समूहद्वारा गाउँमा चियाखेती

आश गुरुङ 'प्रतीक',
lamjungnews@gmail.com
लमजुङ, चैत २८ गते । लमजुङको पर्यटकीय गाउँ घलेगाउँका आमाहरुले चिया खेति गरेर गाउँलाई चियावाट आत्मनिर्भर बनाएकाछन् । र्सार्क राष्ट्रको नमुना मानिएको घलेगाउँमा चिया उत्पादन हुन थालेपछि गाउँमा बजारवाट चियापति ल्याउन बन्द गरिएको छ । घलेगाउँका आमाहरुले करिब ७० रोपनीमा चियाखेती गरेकाछन् भने अव ५ सय रोपनीमा चियाखेती गर्ने लक्ष्य राखिएको आमा समूहकी अध्यक्ष कृष्णमाया घलेले वताउनुभयो ।

समुन्द्री सतहदेखि २१ सय मीटरको उचाईमा रहेको घलेगाउँमा बाह्रै महिना जाडो भएकाले चियाको अत्याधिक खपत हुने हुँदा चियाखेतीतर्फआमाहरु आकषिर्त भएका हुन् ।

अन्नपर्ूण्ा संरक्षण क्षेत्र आयोजना -एक्यापर्)र् इलाका संरक्षण कार्यालय भुजुङको सहयोगमा २०५४ सालदेखि चियाखेती थालेका थिए । शुरुशुरुमा १५ रोपनी क्षेत्रफलवाट शुरु गरिएको चिया खेतीले केही नपुगेपछि थप ठाउँमा चियाखेती गरिएको आमा समूहकी पर्ूवाध्यक्ष शान्त गुरुङले वताउनुभयो ।

आमा समूहले चियाखेतीसंगै नर्सरी पनि स्थापना गरेर गत बर्ष१७ हजार बिरुवा रोपेकाछन् भने ५० हजार चियाका कटिङ समेत रोपेकाछन् । घलेगाउँमा चिया उत्पादन भएपछि उनीहरुलाई चियापत्ती किन्ने पैसा समेत बचेको छ । चियापति किन्नुपर्दा मासिक दर्ुइसय रुपैयाँसम्म खर्च हुने गरेको अनुभव सुनाउँदै स्थानीय चन्द्रमाया घले भन्छिन्, 'अहिले त्यो पैसा अरु कामको लागि काम लागेको छ ।' घलेगाउँका आमाहरुले बर्षा चार पटक चिया टिप्ने गर्छन् । आफैँ गोडमेल, चिया टिप्ने र चियाको अन्तिम रुप दिन काम उनीहरु गर्छन् । उनीहरुसंग चिया प्रशोधन मेशिन नहुँदा समस्या परेको उनीहरुको भनाई छ ।

चियाखेती गरेको वरपर तारवारका लागि गाउँले सवै जुटेका थिए । त्यसपछि भने निरन्तर रुपमा आमाहरु नै जुटिरहेका छन् । 'चिया बगानको राम्रो स्याहारसुसार गर्न आमा समूहले छुट्टै समूह बनाएर चिया बगान हर्ेर्ने गरेकाछन्' घलेगाउँ पर्यटन ब्यवस्थापन उपसमितिका सल्लाहकार संरक्षक प्रेम घले भन्छन्, 'चियाको उत्पादन राम्रो हुन थालेपछि वरिपरिका वासिन्दाले पनि घलेगाउँका आमा समूहको सिको गर्न थालेकाछन् ।' विश्वमानै उत्कृष्ट चिया उत्पादन गर्ने पर्ूर्वी नेपालको सिको गरेर लमजुङमा चिया खेती शुरुवात गरिएको हो । अन्नपर्ूण्ा संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय भुजुङको पहलमा अहिले लमजुङको ६ गाविसमा चिया खेती गरिएको छ ।
Ghale gaun ko Aama samuha

Posted on:April 10, 2010, 6:26 am

No comments:

Post a Comment