Saturday, June 11, 2011

बैशाख अन्तिम साता घलेगाउँ महोत्सव

आश गुरुङ 'प्रतीक',
घलेगाउँ -लमजुङ), बैशाख ९ गते । लमजुङको पर्यटकीय ग्रामीण क्षेत्र घलेगाउँमा बैशाखको अन्तिम साता ११ औँ घलेग्ाँाउ महोत्सव २०६७ को आयोजना गरिने भएको छ । आन्तरिक तथा बाहृय पर्यटनको पर््रबर्द्धन गरि पर्यटन बर्ष२०११ लाई सफल पार्न र्सार्क राष्ट्रको नमुना गाउँ मानिएको घलेगाउँमा महोत्सवको आयोजना गर्न लागिएको हो ।

आयोजक समितिले पहिलो पटक घलेगाउँमा पत्रकार सम्मेलन गरि आगामी २३ गतेदेखि २५ गतेसम्म महोत्सव गरिने जानकारी दिएको हो । स्थानीय कला र संस्कृतिको संरक्षण गरि घलेगाउँलाई विश्वभर चिनाउन महोत्सवको आयोजना गरिने पर्यटन व्यवस्थापन उप समिति ग्रामीण पर्यटन घलेगँाउका अध्यक्ष प्रेम घलेले जानकारी दिनुभएको छ ।

महोत्सवमा गुरुङ समुदायमा प्रचलित घाँटू, सोरठी, सर्ेका, घ्याबे्र, कृष्ण चरित्र लगायतका नृत्यहरु पर््रदशन गरिनुका साथै स्थानीय स्तरमा उत्पादित निगाला, लोक्ता, सिस्नो साथै भेडाको उनवाट बुनेका सामाग्रीहरुको पर््रदर्शनी गरिने भएको छ । ढिँडो, गुन्द्रुक, निउँरो, कुरिलो लगायतका खाद्य परिकारहरु महोत्सवमा आयोजना गरिने खाना महोत्सवको विशेष परिकारको रुपमा रहनेछन् ।

२०५७ सालदेखि महोत्सव हुँदै आएको महोत्सवमा मनोरञ्जनका अतिरिक्त गाउँमा बिजुली पुगेकोले इन्टरनेट जडान, बोटालिक गार्डर्ेेर गुरुङ सग्रहालय तथा चिया बगानको व्यबस्पानका बारेमा छलफल गरिने कार्यक्रम रहेको छ ।

समुन्द्री सतहदेखि करीब २ हजार १ सय मीटरको उचाईमा रहेको घलेगाउँमा आयोजना गरिने महोत्सवको उद्घाटन प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गर्ने आयोजकले जनाएको छ । १ सय १६ घर रहेको घलेगाउँमा यसै बर्षदेखि मोटर पुगेकोले सदरमुकाम बेसीशहरबाट करीब ३ घण्टाको मोटरयात्रा पछि सजिलै पुग्न सकिन्छ ।
Ghale-gaun-ma-patrakar-sammelan
Ghale-gaun-ma-patrakar-sammelan
Ghale-gaun-ma-patrakar-sammelan

Posted on:April 22, 2010, 8:42 am

No comments:

Post a Comment