Tuesday, June 7, 2011

वाईसीएलद्वारा एमाले क्षेत्रिय सदस्यमाथि कुटपिट

आश गुरुङ 'प्रतीक'


लमजुङ, पुस १० गते ।
नेकपा एमाले लमजुङ क्षेत्र नम्बर १ का सदस्य लालबहादुर गुरुङ वाईसीएलको कुटपिटवाट गम्भीर र्घाईते भएकाछन् ।
अर्चलबोट गाउँ विकास समिति वडा नम्बर ७ अचैलेफाँटस्थित घरमका आज शुक्रवार विहान खाना खाईरहेको वेलामा केही कुरा गर्नु छ भन्दै अर्चलबोटको हाँडीखोलामा लगेर नकाव लगाएका ८/९ जनाको वाईसीएलको एक समूहले कुटपिट गरेका हुन् ।

अर्चलवोट-गौँडा र स्थानीय सडक निर्माण समितिका अध्यक्षसमेत रहेका गुरुङको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भईरहेको छ । वाईसीएलको आक्रमणवाट गुरुङको नाक, आखा र मुखमा चोट लागेको छ ।


केही दिन अघि वाटो निर्माण समितिको बैठकमा असहमति जनाउँदै समितिका सातजना सदस्यले राजीनामा दिएपछि भएको विवादमा एकीकृत माओवादी संवद्ध स्थानीय रामचन्द्र रेग्मी कुटिएका थिए । घटनापछि गुरुङलाई माओवादीले चेतावनी दिँदै आएको एमाललेले जनाएको छ ।
नेकपा एमाले लमजुङका अध्यक्ष जमिन्द्रमान घलेले कुटपिटमा संलग्न वाईसीएललाई तत्काल पक्राउ गरि कानुनी कठघरामा उभ्याउन माग गरेकाछन् । अध्यक्ष घलेले दोषीलाई माओवादीले लुकाउन/छिपाउन नहुने वताउँदै यदि लुकाईमा माओवादी स्वयंलाई समेत घातक हुने प्रतिक्रिया दिनुभएको छ ।


यसविषयमा वाईसीएल अध्यक्ष रामचन्द्र पौडेलले यसअघि आफ्ना कार्यकर्ता कुटिएकाले यो घटना घट्न सक्ने प्रतिक्रिया दिनुभएको छ । घटनावारे आफूलाई औपचारिक जानकारी नभएको पौडेलको भनाई छ ।

दुर्इदिनअघि छिमेकी भारते गाविस वडा नं. ५, लामिस्वाँरामा नकाव लगाएर आएका ४/५ जनाको समूहले कुटपिट गर्दा स्थानीय नमनाथ अधिकारी गम्भीर र्घाईते भएका थिए ।

Posted on:December 25, 2009, 5:35 am

No comments:

Post a Comment