Tuesday, June 7, 2011

१८ औँ त्रिवेणी कप: शुरुवाती खेलमा आयोजक विजयी

आश गुरुङ 'प्रतीक'

लमजुङ, पुस १२ गते ।
लमजुङ सदरमुकाम वेसीशहरको सहजी खेलमैदानमा संचालन गरिएको १८ औँ त्रिवेणी कप फुटवल प्रतियोगिताको शुरुवाती खेल आयोजकले जितेको छ ।

आज आईतवार भएको खेलमा आयोजक त्रिवेणी क्लब 'ए' ले जनविकास कलेज वेसीशहरलाई ० का विरुद्ध ३ गोल गरि हरायो ।
खेल शुरु भएको १० मिनेटमा त्रिवेणीका छविन्द्र गुरुङले गोलखाता खोले, २० मिनेटमा वसन्त गुरुङले दोश्रो गोल गरे । जनविकासले गोल गर्ने प्रयास गर्दागर्दै दोश्रो हाफको ८ मिनेटमा फेरि वसन्त गुरुङले गोल गरेपछि त्रिवेणीले आफ्नो जीत शुनिश्चित बनाएको थियो ।

भोलि सोमवारको पहिलो खेल मर्स्याङ्दी युथ क्लव 'ए' र त्रिवेणी युथ क्लब 'बी' बेसीशहर, दोश्रो खेल वेसीशहर युथ सोर्साईटी 'ए' र आदर्श युथ क्लब, तेश्रो खेल त्रिवेणी युथ क्लब मु्ग्लीन र बीवाईसी नीलो भोटेओडार, चौँथो नाखीपोट युथ क्लब र घनपोखरा युवा क्बल र पाँचौ खेल कालिका म्याजिक मार्बल तिलिचो मनाङ र नाईङङ्गिल युथ क्लब भोटेओडारबीच हुने छ ।


प्रतियोगितामा काठमाडौँ, चितवन, पोखरा लगायत विभिन्न ठाउँका २८ टिमले सहभागिता जनाएकाछन् ।

खेलको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद पोखरेलले खेलकुद क्षेत्रलाई सरकारले विशेष प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले आ-आफ्नो धारणा राखेका थिए ।

उद्घाटन कार्यक्रम आयोजक त्रिवेणी युवा क्लबका अध्यक्ष लोकेन्द्र गुरुङको अध्यक्षतामा भएको थियो ।




Posted on:December 27, 2009, 9:36 am

No comments:

Post a Comment