Tuesday, June 7, 2011

जलवायु परिवर्तनसंगै लमजुङमा सुन्तला उत्पादन घट्यो

आश गुरुङ 'प्रतीक'
लमजुङ, पुस ७ गते ।
जलबायु परिवर्तन संगै लमजुङमा सुन्तला उत्पादनमा भारि गिरावट आएको छ ।

सुन्तलाको पकेट क्षेत्र मानिने चिति, उदिपुर, र्राईनास मोहोरिकोट, दुराडाँडा, कुन्छा, तार्कु, भोर्लेटार, खुदी, भुलभुले, सिम्पानी, बाँझाखेत लगायतका गाविसमा सोचे अनुसारका सुन्तला नफलेपछि किसानहरु चिन्तित बनेकाछन् ।

सुन्तलालाका बोटमा फूलहरु नफुल्दै हुस्सु र कुहिरो लाग्ने, समयमा पानी नपर्ने, बेमौसमी तुसारापात, हावाहुरी हुने साथै मौसम एकनासको नहुने गरेकाले अघिल्लो वर्षो तुलानामा यसवर्ष ४० प्रतिशतले सुन्ताला उत्पादनमा गिरावट आएको कृषि विकास कार्यालय लमजुङले जनाएको छ ।
यसअघि ग्रिनिङ भाइरस रोगका कारण सुन्तलाको बोटहरु मरेपछि उत्पादनमा गिरावट आएको भनिएकोमा जलवायु परिवर्तनसंगै ग्रिनिङ भाईरस पनि सप्रेको विज्ञहरुले अनुमान गरेकाछन् ।


जलवायु परिवर्तनसंगै ग्रिनिङ भाइरसका कारण सुन्तलाको बोट मर्ने, पात पहेलो हुँदै जाने, जरा कुहिने, फल पातलो र दाना सानो लाग्ने समस्या अत्याधिक देखिएपछि लमजुङका सुन्तला कृषकहरुले वताएकाछन् ।

लमजुङमा १४ हजार हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिदै आएकोमा यसवर्षकरीब करीब आठहजार मेटि्रक टन सुन्ताला उत्पादन भएको छ । लमजुङमा गत वर्ष१३ हजार ६ सय मेटि्रक टन सुन्तला उत्पादन भएको थियो ।

मोहोरियाकोटका कृषक कृष्णराज ओलियाले बगैचामा सुन्तलाको बोटहरु सखापै भएर मर्न लागेकोले यसवर्षआफ्नो सुन्तला उत्पादनमा कमी आएको वताउनुभयो । विगतका वर्षरुमा सुन्तलाबाट तीनलाख रुपैँयासम्म सजिलै कमाउदै आएका व्यवसायिक किसान ओलिया मात्र होइन चितिका रमेश पन्त लगायत धेरै व्यवसायिक सुन्तला किसानहरु अहिले निरास बनेका छन् ।

Posted on:December 24, 2009, 3:24 am

No comments:

Post a Comment