Tuesday, June 7, 2011

चरागाउँका घरघरमा सोलार

आश गुरुङ 'प्रतीक'
Solar in Chara Gaun, Lamjung

लमजुङ, पुस १३ गते ।
लमजुङको सुदुरपश्चिममा पर्ने भोँजे गाउँ विकास समिति वडा नम्बर २ र ३ चरागाउँका घरघरमा सोलारबत्ती बलेको छ ।
स्थानीयवासिन्दाको सक्रियाता र कादुरी एग्रीकल्चर एड एसोसिएसन नामक गैरसरकारी संस्थाको पहलमा माथिल्लो चरागाउँ, तल्लो चरागाउँ, केम्ली लगायत गाउँका दुर्इसय बढी घरमा सोलार बत्ती वलेको हो ।

घरघरमा सोलारबत्ती बलेपछि रातको समयमा पनि हस्तकालाका सामाग्री बुन्नदेखि लिएर रेडियो सुन्न, टेलिभिजन हेर्न र मोवाईल चार्ज गर्न पाउँदा स्थानीयवासिन्दा निकै हषिर्त बनेका तल्लो चरागाउँका खिमप्रसाद गुरुङले जानकारी दिनुभयो ।

गाउँकै वेलायती सेनाका पेन्सनर बम बहादुर गुरुङको अनुरोधमा कादुरीले प्रतिघर २५ सय रुपैया बराबारको सोलार, पावर कम खपत गर्ने तर उज्यालो बढी दिने २२ वाटको बल्ब ३/३ वटा उपलब्ध गराएको थियो ।

Posted on:December 28, 2009, 8:42 am

No comments:

Post a Comment