Monday, June 13, 2011

लमजुङमा झडप, ७ जना र्घाईते

आश गुरुङ 'प्रतीक',
माओवादी हड्ताल स्थगित
लमजुङ, बैशाख २३ गते ।
लमजुङमा आज एकीकृत माओवादी र स्थानीयवासिन्दाबीच झडप हुँदा ५ जना माओवादी कार्यकर्ता, १ जना नेपाली कांग्रेसका कार्यकर्ता र एकजना प्रहरी गरि ७ जना र्घाईते भएकाछन् ।
सदरमुकाम वेसीशहरको नारायणस्थानमा भएको झडपमा स्थानीयवासिन्दाको ढुंगा प्रहारवाट एकीकृत माओवादी र्राईनास मोहोरियाकोट लमजुङका कृष्णबहादुर थापा र कालु तामाङ, गोरखाका रत्न गुरुङ, हरिराम मगराती र यमबहादुर ढकाल र्घाईते भएकाछन् । झडपमा कांग्रेसका जीतबहादुर अधिकारी र प्रहरी जवान विष्णुप्रसाद श्रेष्ठ पनि र्घाईते भएकाछन् । कृष्णबहादुर थापा, कालु तामाङ, रत्न गुरुङ र हरिराम मगरातीको अवस्थ्ाा गम्भीर छ । घाइते सवैको लमजुङ जिल्ला सामुदायिक अस्पताल बेसीशहरमा उपचार भईरहेको छ ।
झडपपछि स्थानीयवासिन्दाले एकीकृत माओवादीलाई लखेट्ेकाछन् । माओबादी कार्यकर्ताहरु पर््रदर्शन छाडेर तितरवितर भएका छन् भने बजारमा स्थानियवासिन्दाको पर््रदर्शन जारी छ । एकीकृत माओवादीको आम हड्तालको आजको कार्यक्रम स्थगित भएको छ ।
मओवादीको हड्तालविरुद्ध सदरमुकाम बेसीशहरमा स्थानीयवासिन्दाले पर््रदर्शन गरेपछि एकीकृत माओवादी र स्थानीयवासिन्दाबीच झडप भएको हो । प्रहरीहरुले यतिवेला लमजुङ सदरमुकाम वेसीशहरमा कडा सुरक्षा गरिरहेको छ ।
Jhadap at Besisahar, Lamjung
Jhadap at Besisahar, Lamjung
Jhadap at Besisahar, Lamjung
Jhadap at Besisahar, Lamjung
Jhadap at Besisahar, Lamjung
Jhadap at Besisahar, Lamjung
Jhadap at Besisahar, Lamjung
Jhadap at Besisahar, Lamjung
Jhadap at Besisahar, Lamjung
Jhadap at Besisahar, Lamjung
Jhadap at Besisahar, Lamjung
Jhadap at Besisahar, Lamjung

Posted on:May 6, 2010, 4:57 am

No comments:

Post a Comment