Thursday, June 9, 2011

न्यायको माग गर्दै प्रशासन कार्यालयमा धर्ना

आश गुरुङ 'प्रतीक',
लमजुङ, फागुन ४ गते । न्यायको लागि ऐक्यबद्धता अभियान - सोकाज ) ले सम्पर्ूण्ा द्वन्द्व पीडितहरुलाई न्याय दिनुपर्ने माग गर्दे आज मंगलबार तीन घण्टा जिल्ला प्रशासन कार्यालय लमजुङमा धर्ना दिएको छ ।

अभियानका केन्द्रीय सह-संयोजक रामकुमार भण्डारीको नेतृत्वमा जिल्लाका द्वन्द्व पीडित, मानबअधिकारकर्मी, संचारकर्मी र नागरिक समाजका प्रतिनिधीहरुले तीन घण्टा व्यानर सहित धर्ना दिएका हुन ।

सोकाजले सम्पर्ूण्ा द्वन्द्व पीडितलाई न्याय दिनुपर्ने, बेपत्ता नागरिकको अबस्था तत्काल र्सार्वजनिक गरिनुपर्ने, घाइतेको निशुल्क उपाचार गरिनुपर्ने, सेनाका रथी तोरण बहादुर सिंहको बढुवा तत्काल बदर हुनु पर्ने, मैना सनुवार हत्या काण्डका आरोपित मेजर निरंजन बस्नेतलाई नागरिक अदालतमा बुझाइ कार्वाही हुनुपर्ने र मानब अधिकार उलंघनका सबै घटनाको छानवीन हुनुपर्ने माग गर्दे आएको छ ।

गत माघ ३ गते देखी पछिल्लो चरणको आन्दोलन गर्दे आएको सोकाजले फागुन १९ गते सम्म चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । ऐक्यबद्धता हस्ताक्षर संकलन गरिरहेको सोकाजले फागुन ६ गते ६०१ सभासदलाई काठमाण्डौा मागपत्र बुझाउने, ९ गते देशभरका प्रशसान कार्यालयहरुमा ज्ञापनपत्र दिने र १८ गते सिंहदरबार अगाडी धर्ना दिने कार्यक्रम तय गरेको छ । सरकारले मागहरुको बारेमा सनुवाई नगरेमा पुनः अर्को सशक्त आन्दोलनको घोषणा गर्ने अभियानका सह-संयोजक रामकुमार भण्डारीले बताउनु भयो ।


Posted on:February 16, 2010, 7:06 am

No comments:

Post a Comment