Saturday, June 11, 2011

माओवादीलाई सरकारको नेतृत्व गर्न सुजाताको तीन शर्त

आश गुरुङ 'प्रतीक',
लमजुङ, बैशाख ११ गते । उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोईरालाले एकीकृत माओवादीलाई सरकारको नेतृत्व गर्न तीन र्सत अगाडि सारेको छ । उहाँले सवै समस्याको समाधानका लागि एकीकृत माओवादीलाई वार्तामा आउन समेत आहृवान गर्नुभएको छ ।

लमजुङ सदरमुकाम वेसीशहरमा नेपाल तरुण दलले आयोजना गरेको कार्यक्रममा सुजाता कोईरालाले संविधान निर्माणअगावै शिविरमा रहेका लडाकुको ब्यवस्थापन, हत्याहिंसाको राजनीति अन्त्य गरि वाईसीएल भंग गनुपर्ने र कब्जा गरिएका सम्पत्ती फिर्ता गरे सरकारको नेतृत्व गर्न दिने वताउनुभयो ।

शान्ति प्रक्रियालाई भाँड्ने गरि गाउँगाउँमा हतियार देखाएर एकीकृत माओवादीले आतंक मच्चाएको मन्त्री कोईरालाको भनाई छ । एकीकृत माओवादीका ४० हजार कार्यकर्ता बाहिरी जिल्लावाट राजधानी काठमाडौँका घरघरमा घुसेर जनतालाई सताईरहेको सूचना सरकारले पाएको वताउँदै मन्त्री कोईरालाले जनताले दुःख दिने काम माओवादीले सुरु गरेकोमा आपत्ती जनाउनुभयो ।

सशान्ति प्रक्रिया छोडेर युद्धमा गएमा एकीकृत माओवादीको लागि जंगलमा समेत ठाउँ नभएको भन्दै मन्त्री कोईरालाले एकीकृत माओवादी देश र जनताका लागिर् इमान्दार हुन सुझाव दिनुभयो ।

संघीय मामिला तथा संस्कृति मन्त्री मिनेन्द्र रिजालले एकीकृत माओवादीले लोकतन्त्रलाई छोडेर र्सवसत्तावाद अंगालेका संविधान निर्माणकार्य विथोलिएको आरोप लगाउनुभयो । एकीकृत माओवादी नागरिक पार्टर्ीीे रुपमा रुपान्तरण नभएसम्म संविधान लेखनकार्य सम्वभ नभएको वताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलबहादुर र्घर्ती, पर्ूव राज्यमन्त्री रामबहादुर गुरुङ, पर्ूव स्वास्थ्य सहायकमन्त्री रामचन्द्र अधिकारी, कांग्रेस लमजुङका सभापति तुलसीनारायण श्रेष्ठ लगायतले एकीकृत माओवादीले शान्ति सम्झौता विपरित गाउँगाउँमा हतियार पर््रदर्शन गरेको भन्दै आपत्ती जनाएका थिए ।

सदरमुकाम वेसीशहरको फूलवारी मञ्चमा कार्यक्रमको आयोजना गर्नुअघि मनाङे चौतारावाट निकालिएकिो र्‍यालीमा सहभागिले एकीकृत माओवादीविरुद्ध चर्को नारावाजी गरेका थिए । मन्त्रीद्वयलाई सदरमुकाम वेसीशहरमा एकीकृत माओवादीले कालोझण्डा देखाएका थिए । कालो झण्डा देखाउने क्रममा माओवादी र तरुण दलबीच समान्य झडप समेत भएको थियो ।

लमजुङमा नेपाल तरुण दल र स्वास्थ्यकर्मी संघले आयोजना गरेको कार्यक्रमका तस्वीरहरु ।

तस्वीरः आश गुरुङ 'प्रतीक'
Sujata Koirala
Sujata Koirala
Sujata Koirala
Sujata Koirala
Sujata Koirala

Posted on:April 24, 2010, 9:08 pm

No comments:

Post a Comment