आश गुरुङ 'प्रतीक'
लमजुङ, असोज १६ गते । एकीकृत नेकपा माओवादी लमजुङका कार्यालय सचिव देवेन्द्र पौडेल 'प्रताप' बेपत्ता भएकाछन् ।
विहिवार दिउँसो २ बजेतिर तनहुँको डुम्रेसम्म जाने भन्दै सदरमुकाम वेसीशहरस्थित कार्यालयवाट निस्केका प्रताप त्यसपछि बेपत्ता भएका हुन् ।
एकीकृत माओवादीका जिल्लार् इन्चार्ज देवेन्द्र पराजुलीले दिउँसोसम्म पनि सर्म्पर्कमा नआएपछि उनको खोजी गरिदिन पार्टीको तर्फाट जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको जानकारी दिनुभयो ।
प्रहरी नायब उपरीक्षक कृष्णहरि शर्माले नेपाल टेलिकमको केन्द्रीय कार्यालयलाई उद्धृत गर्दै टेलिकमको रिसिभरमा प्रतापको मोवाईल हिजो दिउँसो १ बजे कावासोतीस्थित नेपाल टेलिकमको टावरमा स्वीचअफ भएको जानकारी दिएकाछन् ।
प्रतापले प्रयोग गर्ने गरेको दुवै मोवाईल अस्तिदेखि स्वीचअफ रहेको र उनी सर्म्पर्कमा नआएपछि अपहरणमा परेको आशंका गरिएपनि त्यसको पुष्टि हुन नसकेको प्रहरीले जनाएको छ ।
प्रहरीले र एकीकृत नेकपा माओवादीले प्रतापलाई छुट्टाछुट्टै तवरले खोजीकार्य थालेको छ । प्रतापको खोजि गरिदिन एकीकृत माओवादीले सवैसंग आग्रह गरेको छ ।

Posted on:October 1, 2010, 10:28 pm
No comments:
Post a Comment