Sunday, June 19, 2011

सडक निर्माणमा मजदुरलाई कठिनाई

आश गुरुङ 'प्रतीक'
लमजुङ, असोज १३ गते ।
आगामी मंसिर महिनासम्म निर्माणकार्य सक्ने लक्ष्यका साथ निर्माण भईरहेको वेसीशहर-चामे सडकको निर्माणकार्य तोकिएको समयमा पुरा नहुने भएको छ ।
पछिल्लो पटक गत बैशाखमा नेपाली सेनाको सडक निर्माण कार्यदल गणले र्सार्वजनिक गरेको सडक निर्माण योजना अहिले असफल बनेको छ ।
सडकको निर्माणकार्यमा कडा चट्टान भेटिनु, दिनहुँ जस्तो बाढी पहिरो र अन्नपूर्ण पदमार्गमा हिँड्ने गरेका पर्यटकका कारण बम ब्लाष्ट गर्न कठिनाई भएकाले सडक निर्माणकार्यमा ढिलाई भएको सेनाले जनाएको छ । हाल च्याम्चे, म्यार्दीखोला, ताल, धारापानी, खोत्रो, तिमाङ लगायतका ठाउँका भीरहरुमा चट्टान फोर्ने काम भईरहेको छ ।
मनाङको सिरानतालदेखि धारापानीसम्मको ५ किलोमिटर र मनाङको च्याम्चेदेखि र म्यार्दी खोलासम्मको ३ दशमलव ५ किलो मिटरको कडा चट्टानलाई आगामी मंसिरभित्र फोर्ने र मंसिर मसान्तसम्ममा ट्रयाक खन्ने काम सक्ने यस अघि गणले जनाएको थियो ।
आफ्नो योजना विविध कारण असफल भएको भन्दै सेनाले आगामी बर्षभत्र सवै ट्रयाक खोलिसक्ने जनाएको छ । कार्यगणका अनुसार यसका लागि हाल झण्डै ४ सय मजदुर सडक निर्माण कार्यमा जुटिरहेको छ ।
लमजुङ सदरमुकाम वेसीशहरदेखि मनाङतर्फच्याम्चेसम्म ३१ किलो मिटर र मनाङको सदरमुकाम चामेदेखि धारापानीसम्मको २१ किलोमिटर गरि कुल ५२ किलोमिटर सडक खण्डको ट्रयाक खन्ने काम पुरा भएको सडक निर्माण कार्य दलगणका प्रमुख सेनानी विनोदजंग राणाले जानकारी दिनुभयो ।
झण्डै १६ वर्षघि २०५१ सालमा सडक विभागले शुरु गरेको यो सडक २०५७ वाट नेपाली सेनाले निर्माणको जिम्मा लिएको थियो । सडक निर्माणका लागि हालसम्म झण्डै ४५ करोड खर्च भईसकेको छ ।
सडक निर्माणमा मजदुरलाई कठिनाई

Posted on:September 29, 2010, 1:56 am

No comments:

Post a Comment