Thursday, June 9, 2011

तीन पर्यटक प्याराग्लाइडिङबाट नेपाल भ्रमणमा

आश गुरुङ 'प्रतीक',







लमजुङ माघ २९ गते । प्याराग्लाइडिङ उडानमा नयाँ किर्तिमान रच्ने उद्देश्यले चेक गणतन्त्रबाट नेपाल आएका तीन पर्यटकले आज शुक्रबारबाट उडान शुरु गरेका छन । पोखराको सराङकोटबाट बिहान करिब ७ बजे काठमाण्डौ उडेका चेक गणतन्त्रका ३ पर्यटकको प्रयास मौसम खराबीका कारण सफल हुन नसकेपछि लमजुङको सदरमुकाम बेसीशहरमा अबतरण गरेका थिए ।

शुक्रबार विहान सराङकोटबाट काठमाण्डौको यात्रा गरेका प्याराग्लाडिङ पाइलट अप्राक, सेनीविराग र सुवाजव मौसम खराबीका कारण ३ घण्टामा लमजुङको सदरमुकाम बेसीसहर अबतरण भएका थिए । साहसिक खेलको रुपमा हेरिने प्याराग्लाइडिङमा नयाँ किर्तिमान रच्न लामो दुरीको यात्रा तय गरेका यी पाइलटहरु सिमसिमे वषर्ाका कारण विचमा अबतरण हुनुपरेकोमा खिन्न भएका थिए ।

प्याराग्लाइडिङमा पुरै नेपाल घुम्न नागरिक उडड्यन मन्त्रालयसँग अनुमति लिएका यी पर्यटकले मौसम सफा भएमा शुक्रबारै तनहुँको बन्दिपुरबाट काठमाण्डौ पुगेर देशभरको यात्रा तय गर्ने बताएका छन् ।

एक साता अघि प्याराग्लाइडिङबाट फेवातालमा हाम फालेर बेग्लै किर्तिमान बनाउने प्रयास गर्दा एक जर्मनी पर्यटकको मृत्यु भएको थियो ।
Posted on:February 13, 2010, 3:21 am

No comments:

Post a Comment