आश गुरुङ 'प्रतीक'
देशभरका गुरुङहरु यतिवेला उद्गमस्थल लमजुङमा भेला भएकाछन् । करीब ५९ वर्षछि लमजुङमा भेट्न पाउँदा उनीहरुमा छुट्टै रौनक छ ।
गुरुङ जातिको बाहुल्यता भएको लमजुङमा देशभरका गुरुङ विज्ञ तथा युवायुवतीहरु एकैठाउँमा जम्मा भएपछि वेसीशहरको मुहार नै फेरिएको छ ।
तीनदिनसम्म संचालन हुने गुरुङहरुको सर्वोच्च निकाय 'नालसभा' कार्यक्रममा भाग लिन देशभरका गुरुङहरु लमजुङ आएका हुन् । एउटै थलोमा बसेर देशभरका गुरुङहरुले आफ्नो परम्परा अनुरुपको रीतिथिति निर्माण, धर्मसंस्कृति बचाउ, आफ्नो गाउँमा कानुन, साथै नयाँ बन्ने संविधानमा गुरुङहरुको रायसुझाव संकलन साथै निर्माण गरेकाछन् ।
तमु हृयुल छोँज धिँ गुरुङ राष्ट्रिय परिषद्, नालसभा मुल आयोजक समितिले आयोजना गरेको 'नाल सभामा' भाग लिन लमजुङ भित्रका दशथर, नौथर, चौथर, बाह्रथर, पाँचगाउँ लगायत आठ, कास्कीका छगाउँ र देशभर छरिएर रहेका गुरुङहरु सहभागी छन । मंगलबार सम्म जारी रहने 'नालसभा' ले नयाँ बन्ने संविधानमा गुरुङहरुको हक, अधिकार र पहिचान सम्बन्धी महत्वपूर्ण सुझाव दिने छ । छलफलका लागि प्राध्यपक तथार् इतिहासकार डाक्टर जगमान गुरुङ र गुरुङ पुरोहित पैँडी इन्द्रबहादुर गुरुङले तयार गरेको प्रस्तावित कानून पेश गरिएको छ ।
२००७ साल यता गुरुङहरुको 'नालसभा' हुन सकेको थिएन । पहिलो शाहबंशीय राजा यशोब्रम्ह शाहको पालासम्म हरेक वर्षचार नालको सभा गरिँदै आएको र विस्तारै नौ नालको सभा गरिँदै आईरहेको वेला २००७ सालमा भएको क्रान्तिको नाउँमा सबै नालसभा खारेज गरिएकाले आफ्नो हक र अधिकार खोसिएको ठहर गर्दै नालसभा आयोजना गर्न लागिएको आयोजक समितिका संयोजक प्रेम घलेले जानकारी दिए ।
गुरुङ पैँडी एवं इतिहासकार इन्द्रबहादुर गुरुङका अनुसार कास्की र लमजुङका गुरुङहरुले वि.सं. १५५० अगाडिदेखि आफ्नो छुट्टै सभा बसेर नीतिनियमको निमार्ण गर्दै आएका थिए । १५५० सालतिर क्रब -मुखिया), वि.सं.१८८४ सालदेखि अलामी र वि.सं २००८ साल देखि यता द्धारे बसेर गुरुङहरुको सामाजिक कामकाज, धर्मसंस्कृति, रीतिरिवाज, नियमकानुन बनाउनुका साथै सरकारी कामकारबाहीको एकरुपताले पालना गर्दै आएका छन ।
Posted on:October 12, 2009, 6:37 pm
No comments:
Post a Comment