Sunday, June 5, 2011

प्रहरीले खने सयमीटर बाटो

आश गुरुङ 'प्रतीक'
लमजुङ, भदौ १७ गते ।
लमजुङको नगरोन्मुख शहर सुन्दरबजारमा २५ जना प्रहरीले एकसय मीटर बाटो खनेकाछन् ।
प्रहरी नायक उपरीक्षक प्रकाश अधिकारीको नेतृत्वमा खटिएका २५ जना प्रहरीले स्थानीय लक्ष्मी नारायण मन्दिर जाने बाटो खनेका हुन् । प्रहरीलाई स्थानीयवासिन्दाले समेत सहयोग गरेका थिए ।
मन्दिरमा जाने वाटो भिरालो भएकाले सिँढी लागउनका लागि बाटो खनिएको लक्ष्मी नारायण मन्दिर संरक्षण विकास समितिका अध्यक्ष परमेश्वर अधिकारीले वताउनभयो ।
५२ रोपनी क्षेत्रफल रहेको मन्दिर परिसरमा निकट भविश्यमा पार्क स्थापना गर्ने लक्ष्य राखिएको छ । सुन्दरबजारमा रहेको लक्ष्मी नारायण मन्दिर करीब दुर्इसय बर्षपुरानो भएको वताईएको छ ।



Posted on:September 1, 2009, 11:24 pm

No comments:

Post a Comment