Sunday, June 5, 2011

महिला विकास सूर्तीजन्य तथा मध्यपान निशेधित कार्यालय

आश गुरुङ 'प्रतीक'
लमजुङ, भदौ १७ ।
लमजुङ सदरमुकाम वेसीशहरस्थित महिला विकास कार्यालयलाई सूर्तिजन्य पदार्थ तथा मद्यपान निशेधित कार्यालय घोषणा गरिएको छ ।
सूर्तिजन्य पदार्थ र मद्यपानले मानवीय जीवनमा नकारात्पक असर पर्ने र अकालमै ज्यान जाने खतरा बढ्ने भएकाले सरकारी कार्यालयवाटै यसको थालनी गरिएको वताईएको छ ।


देशभरका कतिपय सरकारी तथा गैरसरकारी कार्यालयमा दिउँसै सूर्तिजन्य पदार्थको सेवन र मद्यपान गरेर विकृति विसंगति फैलाउने कार्य भईरहेको अवस्थामा लमजुङको यो पहललाई स्थानीयवासिन्दाले सकरात्मक रुपमा लिएकाछन् ।
लमजुङका सरकारी तथा गैरसरकारी कार्यालयमध्ये महिला विकास कार्यालय सूर्तिजन्य तथा मद्यपान निशेधित कार्यालयको रुप्मा पहिलो पटक घोषणा भएको हो । महिला विकासलाई सूर्तिजन्य पदार्थ र मद्यपान निशेधित कार्यालय घोषणा गरेपछि कार्यालयमा विगतदेखि सेवन गर्दै आएका कर्मचारीहरुले सूर्तिजन्य पदार्थ र मद्यपान सेवन गर्न छाडेका कार्यालयका निमित्त प्रमुख सोविता पन्तले जानकारी दिनुभएको छ ।

Posted on:September 2, 2009, 5:18 am

No comments:

Post a Comment