Sunday, June 19, 2011

कार्कीलाई पार्टर्ीीदस्यबाट निलम्बनको निर्देशन

आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com
DB Karki, लमजुङ, असोज ३ गते ।
घुस लिएको अभियोगमा थुनामा रहेका सभासद् डीबी -डोलबहादुर) कार्कीलाई नेकपा एमाले अनुसाशन आयोगले पार्टर्ीींगठित सदस्य र अखिल नेपाल किसान महासंघको स्थायी समिति सदस्य पदबाट निलम्बन गर्न निर्देशन दिएको छ ।
एमालेद्धारा गठित छानविन कमिटीका संयोजक अमृतकुमार बोहोराको अध्यक्षतामा बसेको बैठकले केन्द्रीय कमिटीलाई यस्तो निर्देश गरेको हो । आयोगले कार्कीको घुस लिएको सम्बन्धमा छानविन गर्न तीन ससदस्यीय समिति गठन गरेको थियो । कार्कीको सभासद् पदको सम्बन्धमा भने सबै छानविन प्रक्रियावाट अन्तिम टुंगो लगोपछि मात्र निर्ण्र्ाागर्ने आयोगले जनाएको छ ।

बैठकपछि हरि सापकोटाद्धारा जारी प्रेस विज्ञप्तिमा कार्कीलाई पार्टर्ीींगठित सदस्य र अखिल नेपाल किसान महासंघको स्थायी समिति सदस्यबाट हाललाई निलम्बन गर्न पार्टर्ीीेन्द्रीय कमिटीलाई निर्देशन दिने निर्ण्र्ाागरेको छ, भनिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सभासद् कार्कीले प्रहरी भर्नाको सम्बन्धमा एक लाख रुपैया घुस लिएको भन्दै पक्राउ गरेको थियो । विशेष अदालतले उनलाई अनुसन्धानका लागि २४ दिन थुनामा राख्न निर्देशन दिएको थियो ।

अनुशासन कमिटीले कार्कीको प्रकरणवाट गम्भीर शिक्षा लिँदै अनियमितता लगायत नैतिकतामाथि आँच आउने क्रियाकलापप्रति सचेत रहन आह्वान गरेको छ । गत भदौ १६ गत एमाले अनुशासन कमिटीले कार्कीको आर्थिक अनियमितता बारे छानविन गर्न छुट्टै कमिटी गठन गरेको थियो ।

Posted on:September 19, 2010, 11:35 pm

No comments:

Post a Comment