Sunday, June 19, 2011

लमजुङमा ट्राफिक प्रहरीको सक्रियाता

आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com
लमजुङ, भदौ २१ गते ।
लमजुङ सदरमुकाम वेसीशहर लगायत शहरबजारमा सवारी चालकहरुले नियम उल्लंघन गरेको भन्दै ट्राफिक प्रहरीले कर्डाई गर्न थालेको छ ।
ट्राफिक प्रहरीले वेसीशहर, शेरा, भोटेओडार, रानीकुवा लगायतका ठाउँमा वसेर सवारी चेकजाँच तीब्र पारेर नियम उल्लंघन गर्नेको सवारी साधनलाई नियन्त्रणमा लिने गरेको छ ।
सवारी चेकजाँचका क्रममा सवैभन्दा धेरै मोटरर्साईकल चालकले लाईसेन्स र ब्लूबुकविना नै चलाएको, हेलमेट नलगाईकन चलाएको र तीब्र गतिमा सवारी साधन गुडाएको ट्राफिक प्रहरीले जनाएको छ । अन्य सवारी चालकहरुले पनि ब्ल्यूबुक र लाईसेन्सविना नै सवारीसाधन चलाउने गरेकाले उनीहरुलाई कार्वाही प्रक्रिया थालेको ट्राफिक प्रहरी लमजुङले जनाएको छ ।
Traffic-checking-at-Besisahar
Traffic-checking-at-Besisahar
Traffic-checking-at-Besisahar
Traffic-checking-at-Besisahar

Posted on:September 7, 2010, 3:09 am

No comments:

Post a Comment