Saturday, June 11, 2011

माथिल्लो मर्स्याङ्दी-२ जलविद्युत आयोजना

आश गुरुङ 'प्रतीक',
सहमति विना तत्काल कार्य नथालिने लमजुङ, फागुन १७ गते । एकीकृत माओवादीको अवरोधका कारण विस्तृत अध्ययन प्रतिवेदन -डीपीआर) तयारी कार्य बन्द माथिल्लो मर्स्याङ्दी-२ जलविद्युत आयोजनाको काम तत्काल शुरु नहुने भएको छ ।

भारतीय पर््राईभेट कम्पनीको ८० प्रतिशत लगानीमा निर्माणको जिम्मा लिएको हिमताल हाईड्रोपावर कम्पनीले सरकार र सवै राजनीतिक दलले सुरक्षाको ग्यारेन्टी नदिएसम्म आयोजना शुरु नगर्ने स्पष्ट पारेको छ ।

२० प्रतिशत लगानी र निर्माणको जिम्मा लिएको हिमताल हाईड्रोपावर कम्पनीका महा प्रवन्धक दीलिप कुमार सिंहले सवैको सहमतिमा मात्रै माथिल्लो मर्स्याङ्दी-२, जलविद्युत आयोजनाको काम सूचारु गरिने जानकारी दिए । 'आयोजनाको काम सूचारु गर्नका लागि सवै राजनीतिक दललाई वातावरण मिलाईदिन म हार्दिक अनुरोध गर्दछु', महा प्रवन्धक सिंहले भने, ' यस्ता कार्यले माओवादी स्वयं आफैँलाई घाटा लाग्छ ।' जिल्ला प्रशासन कार्यालय लमजुङले भने हिमताललाई ६ दिन अघि पत्रमार्फ पर्ूण्ा रुपमा सुरक्षा दिने जानकारी गराउँदै काम शुचारु गर्न निर्देशन दिईसकेको छ । सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम लामिछानेले विकास निर्माणमा कोही बाधक बन्न नहुने वताए । सरकारी निर्ण्र्ााकार्यन्वन गराउन प्रशासन प्रतिबद्धता रहेको भन्दै लामिछानेले भने, 'शान्ति-सुरक्षाका लागि प्रशासन तयार छ, त्यसका लागि हिमताल तयार हुनुपर्‍यो ।'

स्थानीयवासिन्दाको अधिकार कायम नगरिएको र राष्ट्रको हित विपरित भएको भन्दै एकीकृत माओवादीसम्मिलित तमु राष्ट्रिय मुक्ति मोर्चाले विद्युत गृह निर्मार्ण्र्ााा झण्डा गाढेपछि आयोजनाको काम दर्ुइ सातादेखि बन्द छ । संविधान सभा सदस्य समेत रहुनु भएका तमू राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय सदस्य बुद्धिराम गुरुङले आफ्नो अडानविपरित आयोजनाको काम थालिए त्यसको परिणम राम्रो नहुने चेतावनी दिएकाछन् । गुरुङको भनाईमाथि थप्दै एकीकृत माओवादी लमजुङ सेक्रेटरी मोहनहरि पौडेलले भने, 'जवर्जस्ती आयोजना सूचारु गरिए हामी फेरि बन्द गराउँछौँ ।'

लमजुङको ताघ्रिङ गाविसस्थित स्याँगेमा निर्माण हुन लागेको ६ सय मेगावाट क्षमताको जलविद्युत आयोजना एक खर्बको लगानीमा निर्माण हुन थालेको हो । बन्द आयोजना खुलाउने विषयमा स्थानीय जल पर््रवर्द्धन तथा सरोकार समितिले आगामी फागुन २२ गते र्सवपक्षीय बैठक बोलाउने तयारी गरेको छ । सरोकार समितिका संयोजक समेत रहेका स्थानीय विकास अधिकारी पेशल कुमार पोखरेलले बन्द आयोजना खुलाउने विषयमा र्सवपक्षीय बैठक बोलाउने र यसका लागि समन्वय गरिरहेको जानकारी दिए । तर एकीकृत माओवादी र तमु राष्ट्रिय मुक्ति मोर्चाले भने अहिलेसम्म केही जानकारी नआएको वताएको छ ।

माथिल्लो मर्स्याङ्दी-२ जलविद्युत आयोजनाको डीपीआर निर्माण कार्य अन्तिम चरणमा पुगेको बेला बन्द गराइए पछि अन्योलको अवस्था सिर्जना भएको हिमताल हाइड्रोपावर कम्पनीका इञ्जिनियरिङ प्रवन्धक अरुण रजौरियाले बताए । मनाङको धारापानी गाविस वडा नम्बर १ सिरानतालमा बाँध बाँधेर लमजुङको स्याँगेमा पावर हाउस निर्माणका लागि डीपीआर अन्तिम चरणमा पुगेको सो परियोजना अहिलेसम्मको अनुमति प्राप्त जलविद्युत परियोजनामध्येे तेश्रो ठूलो जलविद्युत आयोजना हो ।



Posted on:March 1, 2010, 6:59 am

No comments:

Post a Comment