Sunday, June 5, 2011

परीक्षा शिक्षा शास्त्रको, लब्धाङ्क पत्र ब्यवस्थापक शास्त्रको

आश गुरुङ 'प्रतीक'
लमजुङ, भदौ ३ गते ।
उच्च माध्यमिक शिक्षा परिषद् परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले १२ कक्षाको लागि गत बैशाख-जेठमा लिएको परीक्षाफल प्रकाशनमा गम्भीर त्रुटी देखिएको छ ।
शिक्षा शास्त्रको परीक्षा दिएर वसेका लमजुङका एक विद्यार्थीलाई ब्यवस्थापन शास्त्र संकायको लब्धाङ्क पत्र पठाए पछि उमावि शिक्षा परिषद्को त्रुटी फेला परेको हो ।


लमजुङ सदरमुकाम वेसीशहर घर भई काठमाडौंको कीर्तिपुरस्थित जनसेवा उच्च माध्यामिक विद्यालयलवाट शिक्षा शास्त्र संकाय लिएर कक्षा १२ को परीक्षा दिएका छात्रा शुशिला दबाडीलाई परीक्षा नदिएको संकायको लब्धाङ्क पत्र पठाएपछि उनी आर्श्चर्यचकित परेकीछन् । रजिस्टे्रसन नम्बर ६५३६०२०२७ र सिम्बोल नम्बर २७६९७००६ भएकी छात्रा दबाडीले ब्यवस्थापन विषयको लब्धाङ्कपत्रमा ब्यवस्थापन संकाय अर्न्तर्गत अनिवार्य अंग्रेजी, एकाउण्टेन्सी, बुम, अर्थशास्त्र र विजनेश म्याथम्याटिक्स परीक्षा दिएको उल्लेख छ । उनले सबै विषयको परीक्षा दिएकीमा लब्धाङ्क पत्रमा अनिवार्य अंग्रेजी विषयमा ३६ नम्बर आएको छ भने बाँकी विषयको परीक्षामा अनुपस्थित रहेको देखाइएको छ । गएको कक्षा १२ को परीक्षामा उनले शिक्षा शास्त्र अर्न्तर्गत अनिवार्य अंग्रेजी, बाल विकास तथा सिकाइ, नेपाली, प्राथामिक शिक्षा र शैक्षिक मूल्याङ्कन विषयको परीक्षा दिएकी थिइन् ।


उच्च माध्यामिक शिक्षा परिषद्को यस्तो गम्भीर लापार्वाहीले स्नातक तहको अध्यापनको तयारी गरिरहेकी दवाडी मात्र होइन, उनको विद्यालयका शिक्षकहरु पनि दंग परेका छन् ।




Posted on:August 19, 2009, 10:47 pm

No comments:

Post a Comment