Sunday, June 19, 2011

पर्ूर्वी लमजुङको दूधपोखरीमा धर्मशाला निर्माण

आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com
लमजुङ, साउन ३० गते ।
ऐतिहासिक, धार्मिक एवं पर्यटकीय स्थल पर्ूर्वी लमजुङको दुधपोखरीमा धर्मशाला निमार्ण्र्ाारिएको छ ।
दुधपोखरीमा पुग्ने भक्तालु तथा पर्यटकहरुलाई वस्न असुविधा भएकाले विचौर गाविस ८, भुम्लीचोकका युवाहरुले धर्मशाला निर्माण गरेका हुन् ।

समुन्द्री सतह देखि झण्डै ५ हजार मिटर उचाईमा रहेको दुधपोखरी पुग्ने पर्यटक, भक्तजन तथा तर्ीथालुुहरुलाई वस्ने ठाँउको समस्या भएको भन्दै भुम्लीचोक घर भई हाल काठमाडौमा वस्दै आएका कुमार गुरुङ र तेजवहादुर गुरुङको नेतृत्वमा धर्मशाला निमार्ण्र्ाारिएको हो ।
गुरुङद्धयले आफ्नै गाउँ र काठमाडौमा वस्दै आएका गाउँलेहरुसँग र अन्य व्यक्तिहरुसंग चन्दा संकलन गरि २ लाख ५० हजारको लागतमा धर्मशाला निमार्ण्र्ाारेका हुन् । दुधपोखरी नजिकै ४५ सय मीटर उचाई रहेको चिमलडाडाँमा निर्माण गरिएको धर्मशाला डेढसय मानिस अट्न सक्ने गरि बनाईएको छ । धर्मशाला भएको स्थानवाट दूधपोखरी पुग्न झण्डै साढे १ घण्टा लाग्छ । सदरमुकाम वेसीशहरवाट भने ४ दिनको पैदलयात्रापछिमात्रै दूधपोखरी पुग्न सकिन्छ ।

दुधपोखरी जस्तो पवित्र स्थलमा जन्मिएकोमा खुशी व्यक्त गर्दै उनीहरुले केही गर्न नसकेपनि दुधपोखरीमा पुग्नेहरुका लागि वस्न सहज होस भन्दै धर्मशाला निर्माण गरेको गुरुङद्धयले वताएकाछन् ।

दुधपोखरी जाँदा आउदा यात्रुहरु लेकका भेडी गोठ वा ओडारमा वस्नर्ुपर्ने बाध्यता थियो । प्राकृतिक छटाले भरिपर्ुण्ा हिमालको काखमा अवस्थित दुधपोखरीमा विशेषगरि जनै पूणिर्माको दिन विशेष मेला लाग्ने गर्दछ । जनै पूणिर्मामा लमजुुङ लगायत छिमेकी जिल्ला गोरखा, तनहुँ, चितवन, पोखरा, काठमाडौ लगायतका ठाउँहरुबाट भक्तजन तथा तर्ीथालुहरुको घुइँचो लाग्ने गर्दछ ।
दुधपोखरीमा नुहाएमा मनोकामना पुरा हुने धार्मिक विश्वास रहेको छ ।









Posted on:August 15, 2010, 1:30 am

No comments:

Post a Comment