Sunday, June 19, 2011

नेपाली सेनाद्धारा पाँचसय बृक्षरोपण

आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com
लमजुङ, साउन २४ गते ।
लमजुङस्थित नेपाली सेनाको रणबम गणले सोमवार ३७ औं भू- संरक्षण दिवसको अवसर पारेर बृक्षरोपण गरेको छ ।
नेपाली सेनाले सदरमुकाम बेसीशहरको मलामीचौर र त्यस वरीपरी बृक्षारोपण गरेको हो । सो अवसरमा विभिन्न प्रजातिका ५ सय विरुवाहरु रोपिएका थिए ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम लामिछाने, बेसीशहर चामे सडक निर्माण कार्यगणका गणपति विनोद जंग राणा, प्रहरी नायव उपरीक्षक कृष्णहरि शर्मा, जिल्ला वन कार्यालयका प्रमुख रामकाजी श्रेष्ठ, भू संरक्षण कार्यालयका प्रतिनिधि सहित अन्य सरकारी कार्यालयका कर्मचारी, सेना तथा प्रहरीका जवानहरु, गैरसरकारी संस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगायतको सहभागिता थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम लामिछानेले यो अभियान गाउँस्तरसम्म विस्तार गर्न सके भुक्षय रोकिनुका साथै जनताको आर्यआर्जनमा बृद्धि हुने धारण राखे । बृक्षरोपण कार्यक्रमले ग्रामीण क्षेत्रमा वनजंगल र वातावरण संरक्षणमा थप सन्देश पुग्ने रणबम गणका गणपति नवराज गुरुङले वताए ।

त्यस्तै, सामुदायिक सेवा केन्द्र भोटेवडारले पनि विभिन्न संघसंस्था, आमा समुह, युवाक्लब, रेडक्रस उपसाखाको सहयोगमा आज सोमवार विविध कार्यक्रम गरि भू- संरक्षण दिवस मनाईएको छ ।









Posted on:August 12, 2010, 9:24 pm

No comments:

Post a Comment