Monday, June 13, 2011

लमजुङ र मनाङको जनजीवन कष्टकर

आश गुरुङ 'प्रतीक',
लमजुङ, बैशाख १९ गते । एकीकृत माओवादीको आम हड्तालको पहिलो दिन लमजुङको जनजीवन प्रभावित भएको छ । लमजुङ र मनाङका सवै ब्यापरिक केन्द्र, पर्यटन क्षेत्र, उद्योग कलकारखाना, शिक्षण संस्था र यातायत ठप्प छ । बन्द सफल बनाउन माओवादी र उसका भातृसंगठनका कार्यकर्ताहरु बजारमा परिचालित छन् । सुरक्षा ब्यबस्था पनि कडा पारिएको छ ।

एकीकृत माओवादीको अवरोधका कारण लमजुङ र मनाङको परीक्षा केन्द्रहरुमा कक्षा १२ को परीक्षा स्थगित गराएको छ । एउटा परीक्षा केन्द्रमा भने शान्तिपर्ूण्ा तवरले परीक्षा सम्पन्न भएको छ ।

एकीकृत माओवादीको धम्कीका कारण सदरमुकाम वेसीशहरको २ वटा परीक्षा केन्द्र जनविकस उच्च मावि र मर्स्याङ्दी क्याम्पस, भोटेओडारको भक्ति नमुना उच्च मावि, सुन्दरबजारको आदर्श बाल उच्च मावि र भोर्लेटारस्थितर् इशानेश्वर उच्च मावि परीक्षा केन्द्रमा परीक्षा स्थगित भएको हो । रम्घास्थित पुष्पलता उच्च माविमा परीक्षा सौहार्दपर्ूण्ा वातावरणमा सम्पन्न भएको छ ।

यता, प्रहरीले भक्ति नमुना उच्च मावि भोटेओडार केन्द्रका दर्ुइजना परीक्षार्थीलाई पक्राउ गरेको छ । अखिल क्रान्तिकारीका परीक्षार्थीद्वय परेवाडाँडाका राजेन्द्र श्रेष्ठ र दुराडाँडाका अशोक घिमिरेलाई प्रश्नपत्र च्यातेर फ्याँकेको भन्दै प्रहरीले पक्रेको हो ।
Besisahar, Lamjung
Besisahar, Lamjung
Besisahar, Lamjung
Besisahar, Lamjung
Besisahar, Lamjung
Besisahar, Lamjung
Besisahar, Lamjung

Posted on:May 2, 2010, 5:49 am

No comments:

Post a Comment