Saturday, June 11, 2011

थन्किए कम्प्युटर

आश गुरुङ 'प्रतीक' तस्वीरः लेखक
तपाइँ कम्प्युटर पाउनुभयो भने के गर्नुहुन्छ - इमेल, इन्टरनेट चलाउनुहुन्छ, टाइप वा गेम खेल्नु हुन्छ - गर्ने या त गेम खेल्ने । आखिर कम्प्युटर सामान्यतया यिनै कामका लागि प्रयोग गरिन्छन् । बर्तमान कम्प्युटरकै जमानामा अन्य वर्ग भन्दा विद्यार्थीहरु कम्प्युटर ज्ञानमा मरिहत्ते गर्छन । तिनै विद्यार्थीले कम्प्युटर ज्ञान सिकुन भनेर वितरण गरिएका लमजुङका विद्यालयहरुमा भने कम्प्युटर माकुराको जालोले बेरिएको छ ।

पढ्दा अचम्म लाग्न सक्छ, तर यथार्थ यही हो । लमजुङका अधिकांश विद्यालयमा कम्प्युटर छन तर दराजमा थन्क्याईएको छ । विद्यार्थीहरु कम्प्युटरको पाठ पढ्दा शिक्षकको अनुमतिमा दराज खोलेर कम्प्युटर हर्ेछन, अनि सुम्सुमाएर र्फकन्छन । यो घटनाक्रम १/२ महिनाको पनि होईन विद्यालयमा कम्प्युटर पुगेको ८ वर्षभयो । २०५८ सालमा लमजुङका विभिन्न गाउँ विकास समितिमा रहेका २५ वटा माध्यमिक विद्यालयमा वर्ल्ड कम्प्युटर एक्चेन्जको सहयोगमा जनचेतना अभिबृद्धि विकास तथा अध्ययन समिति नामक गैरसरकारी संस्थाले ५/५ वटा कम्प्युटर वितरण गरेको थियो । वितरण गरिएका प्रति कम्प्युटरमा विद्यालयको ५/५ हजार लगानी थियो । त्यतिवेला विद्यालयका १/१ जना शिक्षकलाई कम्प्यूटरको एड्भान्स तालिम समेत दिइएको थियो । तर, विद्यालयमा २/३ महिना संचालन गर्दागर्दै कम्प्यूटरहरु विग्रिएका, चलाउन नजानेका र तालिम प्राप्त शिक्षकहरुपनि सरुवा भएकाले कम्प्यूटर त्यतिकै थन्क्याउनु परेको विद्यालयका प्रधानाध्यापकहरु वताउँछन् ।

दराजमा थन्किएको कम्प्यूटरमा माकुराको जालोले घेरिँदासमेत दातृ संघसंस्थाले केही चासो नदिएको विद्यालयका गुनासो छ । पटक-पटक जनचेतामा फोन गरेर यसवारेमा वताउँदा पनि कुनै सुनुवाई नभएको प्यारजुङस्थित बुद्धमिलन माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर गुरुङले वताए । 'विद्यालयलाई कम्प्यूटर दिएपछि सकिनसकी करीब २ लाखको लगानी गरेर सोलार ल्याएका थियौँ' प्रधानाध्यापक गुरुङले भने, 'कम्प्यूटरपनि विग्रियो, सोलार पनि विग्रियो ।' कम्प्युटर चलाएर ज्ञान हासिल गर्ने विद्यालयको सपना केवल सपनामात्रै सीमित भएको उनको भनाई छ । 'कम्प्युटर पाएको २/४ महिना त चलाएका थियौँ, चलाउँदै जाँदा विग्रियो अनि फुट्ला भन्ने डरले दराजमा थन्क्यायौँ' गुरुङले भने । विजुली नपुगेको ठाउँमा रहेको विद्यालयमा मात्रै होईन, विजुली पुगेका विद्यालयका कम्प्यूटर पनि अहिले काम नलाग्ने भएकाछन् । 'विजुली पुगेका विद्यालयले विग्रिएका मध्ये एउटा कम्प्यूटरलाई आफ्नै खर्च गरेर 'रिपियर' गरि प्रयोग गर्दै आएका छौँ' भुजुङस्थित त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालयका प्रधानाध्यापक खेमराज खतिवडाले भने, 'त्यसमा परीक्षाको प्रश्नपत्र र्टाईप गर्ने गरेका छौँ, अन्य कम्प्यूटर त्यतिक थन्किएको छ ।'

बुद्धमिलन र त्रिभुवन विद्याश्रममा मात्रै हाईन, २५ वटा विद्यालयको हालत यस्तै छ । खुदी स्थित अमर उच्च माविका प्राचार्य प्रेम बस्नेत पनि एउटा कम्प्युटरमा प्रश्नपत्र टाइप गर्ने गरेको र अन्य काम नलाग्ने भएको वताउँछन् । त्यस्तै, हिमालय मावि कोल्कीको कम्प्युटर पनि त्यकै थन्किएको छ ।



Posted on:March 11, 2010, 2:15 am

No comments:

Post a Comment